विद्यालयमा आइटी ल्याब स्थापना, सुदृढीकरण एवम् डिजिटल लाइबेरी व्यवस्थापनका लागि अनुरोध
जेठ ११, २०७९, बुधबार | विहान ०५:०७ बजे | 35
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइटी ल्याब स्थापना, सुदृढीकरण एवम् डिजिटल लाइबेरी व्यवस्थापनका लागि यसअघि दिइएको स्पेशिफिकेशन अनुसार कार्य गरिसकेपछि सो कार्य तथा सामग्रीको मूल्याड्कन स्थानीय तहको सूचना प्रविधि शाखाबाट अथवा केन्द्रवाट आवश्यक सहयोग लिई गराउनु हुन अनुरोध गरिएको छ ।
स्पेशिफिकेशन अनुसार उल्लेखित कार्य गर्दा सम्भव भएसम्म Manufacture's Authorization, International Trade Marks, ISO Standards Certificate भएका वस्तु÷सामग्री प्रयोगको सुनिश्चितता गर्न समेत अनुरोध गरिएको छ । [[img2]]