राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
भदौ २, २०७७, मङ्गलबार | दिउँसो ०२:२४ बजे | 55
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय वर्ष उमेर पार गरिसकेका घिमिरेको मंगलबार आकस्मिकरूपमा निधन भएको छ ।
नेपाली सेनाका मानार्थ रथी रहेका घिमिरेको अन्त्येष्टि भोलि बुधबार गरिने भएको छ। अन्त्येष्टिको जिम्मेवारी नेपाली सेनाले लिने छ ।
घिमिरे नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कूलपति रहिसकेका थिए । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेखन क्षेत्रमा कलम चलाउँदै आएका थिए ।