भक्तपुरको ३९ स्थानमा शिल
भदौ २, २०७७, मङ्गलबार | दिउँसो ०२:०५ बजे | 30
भक्तपुर । भक्तपुर जिल्ला भित्र कोरोना संक्रमितहरु बसोवास रहेको ३९ स्थानमा शिल गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि भक्तपुर प्रहरीले हालसम्म ७५ स्थानमा शिल गरिएमा हालसम्म ३९ स्थानमा शिल कायमै रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिएको छ ।
उनका अनुसार हालसमम कुल ३६ स्थानमा शिल गरिएको क्षेत्र हटाइएको छ ।
प्रहरीको तथ्यांक अनुसार जिल्ला भित्र कुल १४७ जना संक्रमिण मध्ये हाल ४४ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३५ जना होम आइसोलेशनमै रहेका छन । त्यस्तै दुई जना संक्रमित भने अझै सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ ।