आज राति भारी वर्षा हुने
भदौ १, २०७७, सोमबार | दिउँसो ०१:५३ बजे | 40
आज सोमबार पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।
तर राति भने वर्षा अलि बढ्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार राति देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाले सोमबार बिहान ६ जबे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ ।
देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।