पानीमा डुबी मृत्यु भएको सम्बन्धमा


भदौ १, २०७७, सोमबार | दिउँसो ०१:२९ बजे | 25


मिति २०७७÷०५÷०१ गते अन्दाजी १०ः३५ बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ८ सुडाल स्थित मुलसाँगु खोलामा अधबैसे महिला मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.उ. तारा देबी थापा र महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.ना.उ. चक्रराज जोशी सहितको अनुसन्धान अधिकृतको टोली खटी गई हेर्दा जिल्ला भक्तपुर भक्तपुर न.पा. ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा नं. ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बसी ज्याला मजदुरी गर्ने दशराम सिजखु की श्रीमती बर्ष ३२ की काली भन्ने यसोदा सिजखु भन्ने बुझिएको । निज यसोदा सिजखु बिहान अन्दाजी ९स्०० बजे तरकारी लिन खोज्न भनी डेरा कोठाबाट निस्किएकोमा उक्त मुलसाँगु खोलाको किनारमा भएका बाँसको झ्याङबाट बासको तामा भाचेर बोरामा राखी खोला तर्ने क्रममा खोलामा बनाएको स्ल्याबमा चिप्लिएर स्ल्याबबाट पानी झर्दा बनेको अन्दाजी ५ फिट गहिरो पानीको तहमा डुब्न गई मृत्यु भएको घटनास्थलबाट देखिएको मृतक लाशको घटनास्थल तथा लाशजाँच मुचुल्काको कार्यसम्पन्न गरी पोष्टीमार्टमको लागी के.एम.सी. अस्पताल दुवाकोट पठाई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Comments