भक्तपुरको रानीपोखरी जीर्णोद्धार कार्य पुनः सुचारु


भदौ १, २०७७, सोमबार | दिउँसो ०१:२२ बजे | 50


भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. १ स्थित ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानी पोखरी जीर्णोद्धार कार्य पुनः सुचारु गरेको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण लामो समयदेखि निर्माण रोकिएको उक्त पोखरीको जीर्णोद्धार कार्यलाई भक्तपुर नगरपालिकाले विगत केही दिनदेखि निरन्तरता दिइरहेको छ । उपभोक्ता समितिमार्फत जीर्णोद्धार भइरहेको रानी पोखरीमा हाल पोखरी परिसरमा पेटी निर्माण कार्य भइरहेको छ ।
[[img2]]

फाेटाेमा हेर्नुहाेस्...

Comments