बजार अनुगमन


साउन ३२, २०७७, आइतबार | दिउँसो ०१:४५ बजे | 35


भक्तपुर,  । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गपलीमा पसल अनुगमन गरियो । भक्तपुर नगरपालिकाकाले कोभिड १९ को महामारीको समयमा कालाबजारी, मुल्यबृद्धिलाई मध्येनजर गरी खाद्य पसलहरुमा अनुगमन गरेको बताउनु भयो ।
 अनुगमनमा बरिया स्टोर दर्ता नविकरण गर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्ने, स्टोरमा नियमित सरसफाई गर्ने, दर्ता प्रमाण पत्र पसलमा सबैले देखिने गरी राख्ने, साईन वोर्ड राख्ने निर्देशन दियो ।
त्यस्तै राजचल किराना पसल दर्ता नविकरण गरी पसलको श्रेणी बढाउनु पर्ने, म्याद नाघेको समानहरु मुस्तर ओइन तोरिको तेल १ बोटल र रियल जुस एक वटा त्यहीं पसलमा नष्ट गरियो भने प्याकेजिड्ड सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न र गोदाममा म्याद नाघेको र बिग्रेको सामान छुट्ट्याएर राख्न निर्देशन दियो ।
त्यस्तै ईजि मल्टी स्टोरमा दर्ता नविकरण गर्ने, गेडागुडी लगायतका प्याकेजिड्ड सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्ने, म्याद नाघेको समान शक्ति पाउरोटीको इस्पाह्नी केक–२, क्रिम रड कुहेको २ पाकेट, निशा क्रिम हेयर कलर म्याद नाघेको १४ पाकेट भेटिएको नष्ट गरियो भने तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै कमल बिनायक मिनि स्टोरमा दर्ता नविकरण गर्ने, गेडागुडी लगायतका प्याकेजिड्ड सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्ने, म्याद नाघेको समान राउण्ड केक ५ पाकेट नष्ट गरियो ।
अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य हरिराम सुवाल, राशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी राजकुमार दनुवार, उद्योग बाणिज्य संघका पञ्चकृष्ण श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

Comments