भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्र सिल
साउन ३१, २०७७, शनिबार | दिउँसो ०१:३५ बजे | 30
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका सम्र्पूण सार्वजनिक यातायात सञ्चालन बन्द गरिएको छ । कोरोना महामारीले नगरलाई च्यापेपछि मध्यपुर थिमि नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले शनिबार यस्तो निर्णय गरेको हो ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठद्धारा साँझ जारी प्रेस विज्ञप्तिमा कोरोना संक्रमण नगरपालिका क्षेत्रभित्र वढ्दै गएका कारण यस्तो निर्णय लिनुपरेको जनाइएको छ । यसअघि केही दिनदेखि यस नगरपालिका क्षेत्रभित्र दैनिक रुपमा कोरोना संक्रमित भेटिंदै आएका छन् । यस क्रममा यसअघि नै यहाँंका विभिन्न वडाहरुले वडास्तरमा आआफनो क्षेत्रभित्र हुलमुलको वन्द गराउँंदै आएका छन् । शनिबारमात्रै नगरपालिकाबाट सञ्चालित कोरिया नेपाल मैत्री अस्पतालका तीन जना नर्सहरु र एकजना सुरक्षाकर्मी गरी चार जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । अस्पतालमा कोरोना भेटिएपछि आकस्मिकबाहेकका सम्पूर्ण सेवा वन्द गराइएको थियो ।
शनिबारसम्म भक्तपुरमा एक सय २४ जना कोरोना संक्रमित भइसकेका छन् । शुक्रबारसम्ममा एक सय १५ जना कोरोना संक्रमित भेटिएका थिए । शनिरबा थप नौ जना कोरोना संक्रमित जिल्लामा भेटिएका हुन् । यहाँंका भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक, चाँंगुनारायण गरी जिल्लाका सवै नगरपालिका क्षेत्रमा कोरोना संक्रमित भेटिसकेका छन् ।