बजार अनुगमन


साउन ३१, २०७७, शनिबार | विहान ०९:२६ बजे | 55


भक्तपुर, । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गपलीमा पसल अनुगमन गरियो ।
भक्तपुर नगरपालिकाकाले कोभिड १९ को महामारीको समयमा कालाबजारी, मुल्यबृद्धिलाई मध्येनजर गरी खाद्य पसलहरुमा अनुगमन खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयमाको अनुज्ञापत्र विना प्याकेजिङ सामानमा लेबल राख्ने कुनै कुनै पसलमा लेबल विना विक्रि वितरण गरेकोले त्यस्तो सामानमा विक्रि वितरण गर्न नपाउने वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमनमा साख मल्टी स्टोर्स किराना पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटक पटक अनुगमनमा निर्देशन दिंदा समेत मिनिमार्टमा दर्ता नगरेको, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दियो ।
त्यस्तै एस.आर.स्टोर खाद्य पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटक पटक अनुगमनमा निर्देशन दिंदा समेत अटेर भएकोेले तुरुन्तै मिनिमार्टमा दर्ता गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दियो ।
त्यस्तै सबिना मिनिमार्केटमा म्याद नाघेको समान भए नभएको समय समयमा चेक गर्न, गेडागुडी लगायतका प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न, तयारी मःमः प्याकेजिड्डमा लेबल नभएको पाइएकोले लेबल राख्न र दर्ता नविकरण नभएकोले तीन दिन भित्र दर्ता नविकरण गर्न निर्देशन दियो ।
अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य राशनमैया सुवाल, भनपा श्यानिटेशका नगर निरिक्षण दिलिप कुमार सुवाल, वडा निरिक्षण रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी राजकुमार दनुवार, उद्योग बाणिज्य संघका पञ्चकृष्ण श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजा, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

Comments