एक सय नाघयो भक्तपुरमा कोरोना संक्रमित


साउन ३०, २०७७, शुक्रबार | दिउँसो ०१:१७ बजे | 20


भक्तपुर । भक्तपुरमा कोरोना संक्रमितहरुको संख्या एक सय नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार शुक्रबारसम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या एक सय एक सय १५ पुगेको छ । शुक्रबारमात्रै यहाँं ६ जना कोरोना संक्रमित थपिएका छन् ।
कार्यालय प्रमुख कृष्ण मिजारका अनुसार यहाँका चारवटै नगरपालिकाहरुमा कोरोना संक्रमित भेटिएका छन् । यहाँं भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन् । जिल्ला गाउँंपालिकारहित छ ।
प्रमुख मिजारले सवै नगरपालिकाहरुमा कोरोना सक्रमित भेटिए पनि नगरपालिका अनुसारको तथ्यांक छुटाउन बाँंकी रहेको जनाए । जिल्लामा कोरोनाबाट अहिलेसम्म ५४ जना निको भइसकेका छन् ।

Comments