नेकका शिक्षक तथा बिद्यार्थीले बनाए एआईवेस डेलिभरी रोबोट
चैत २६, २०७८, शनिबार | विहान ०४:३९ बजे | 15
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा बिद्यार्थीको सहकार्यमा एआईवेस डेलिभरी रोबोट बनाइएको छ । यस प्रोजेक्टलाई नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट) द्वारा फण्डिग गरिएको हो ।
यसमा शिक्षककातर्फवाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कप्युटर साइन्स एण्ड इन्जिनियरिंगका सह प्राध्यापक दिनेश डंगोल तथा डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इन्जिनियरिगका उपप्राध्यापक अभिनाश खत्री केशी मुख्य टिम मेम्वरका रुपमा संग्लग छन् । यस्तै बिद्यार्थीकातर्फवाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सब खड्का संग्लंग छन् ।
यस रोबोटलाई अटोमेटिक तथा म्यानल मोडमा काम गराउन सकिन्छ । म्यानल मोडमा काम गराउनको लागि एउटा छुट्टै मोबाइल एप पनि बनाइएको छ । मोबाइल एपको मद्दतले यसलाई वायरलेस्ली कन्ट्रोल गर्न सकिन्छ र यसलाई आफुले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर लान सकिन्छ ।
अटोमेटिक मोडमा भने यो आफै आफ्नो गन्तब्यमा पुग्छ । यसको लागि उक्त क्षेत्रमा रहेको सीसीटीभी मुख्य कन्ट्रोल युनिट र रोबोटबीचमा वायरलेस नेटवर्क रहेको छ । मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा रखिएको हुन्छ । त्यससंगै त्यहाँ डेस्कटप एप पनि हुन्छ ।
नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसंगै आबद्द डेस्कटप एपको मध्यमवाट नर्सले रोबोट पुग्न पर्ने ठाउँहरु इंकित गर्न सक्नेछन । एकचोटी यसरी ठाउँहरु निश्चित भएपश्चात रोबोट आफै त्यो ठाउँहरुमा पुग्नेछ र नया गन्तब्य इंकित नगरेसम्म उक्त ठाउँहरुमा नै घुमिरहनेछ । यसरी आफ्नो गन्तब्य पुग्ने क्रममा रोबोटले अगाडि कुनै बाटो छेकिने बस्तुहरु भेटेमा त्यसलाई छलेर जानेछ । साथै अगाडी कुनै मान्छेहरु भेटेमा रोबोटले बाटो छोड्नको लागि स्पीकर मार्फत अनुरोध पनि गर्छ । रोबोट आफैमा रहेको क्यामेरामार्फतयसले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्दछ र एआई टेकनोलोजी मार्फतवाट आफ्नो अगाडि मान्छे आएमा थाहा पाउछ ।
यसरी रोबोट बनाउँदा मुख्य सदस्यहरु बाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञान भक्त महर्जन, सुशिल श्रेष्ठ लगायतकाहरुका पनि उलेख्य भूमिका रहेको सहप्राध्यापक सचिन श्रेष्ठले बताए । एआई टेक्नोलोजीको प्रयोग भएकोले यसमा आवश्यकता अनुसार थुप्रै फिचर्सहरु पनि सजिलै थप्न सकिने कुरा सहप्राध्यापक रुपेश दही श्रेष्ठले बताए ।