अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण


साउन २७, २०७७, मङ्गलबार | दिउँसो ०१:३४ बजे | 35


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ।
स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो। केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।
घिमिरेमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ। उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन् । स्रोतः देश सञ्चार

Comments