पुस्तक प्रदर्शनी नै किन ?


चैत १९, २०७८, शनिबार | विहान ०६:०६ बजे | 35


पुस्तक प्रदर्शनी नै किन ?

कार्यक्रम संयोजक - लक्ष्मीप्रसाद चवाल

१. आरम्भ नेपालको परिचय दिनुहोस् ।
आरम्भ नेपाल हरेक कुरा नयाँ ढङ्ग र सिर्जनशील सकारात्मक सोचका साथ समाजमा अघि बढ्न त्यसलाई पूर्ति गर्ने प्रयास नै आरम्भ नेपाल हो, जुन सामाजिक उत्तर दायित्व पनि हो । युवाहरुलाई स्थानिय स्रोत साधन प्रयोग गरी विभिन्न सिपमूलक तालिमहरु दिई दक्ष र आत्मनिभर बनाउने सोचलाई सार्थक बनाउनु नै आरम्भ नेपालले आरम्भ गरेको हो । जुन विधिवत रुपमा भक्तपुर नगरपालिकाको वडा नं. १ मा २०७६ साल पुष ९ गते ११ जना सदस्यहरु कार्य समिति दर्ता भएको हो ।

२. आरम्भका विगतका कार्यक्रमहरु के कस्ता थिए ?
आरम्भ नेपालका कार्यक्रमहरुमा सर्वप्रथम आधारभूत फोटोग्राफी तालिम गरिएको थियो । त्यस पछि २०७६ साल मै तीन दिने पहिलो आरम्भ पुस्तक प्रदर्शनी ग¥यौ । घर जग्गा नाप जाँच तालिम, टोनर रिफिलिङ्ग तालिमका साथै पुस्तक समीक्षा अन्र्तक्रिया ग¥यौँ र प्रस्तावना लेखन कार्यशाला सम्पन्न ग¥यौँ ।

३. पुस्तक प्रदर्शनी नै किन ?
विगत भक्तपुर र वर्तमान भक्तपुर तुलना ग¥यौं भने भक्तपुर विगतमा सधैं पश्चिम फर्किनु पर्ने बाध्यता थियो । हरेक कुरामा शिक्षा स्वास्थ्य लगायत यावत कुरामा वर्तमानमा हेर्नुस् त । हरेक कुरा यही भक्तपुर मै भक्तपुरको चार दिशा मध्य अहिले कतै फर्किनु पर्दैन भक्तपुरको शीर ठाडो छ । यो सव विगत देखि हाल सम्म नेपाल मजदुर किसान पार्टीले गरेका क्रियाकलापको परिणाम हुन । हो यस्तै अनेक सोच, दृष्टि, वीज्ञका विचार लगायत यावत कुरा त पुस्तक मै संग्रहित हुन्छन् । त्यसैले विचार खुराकलाई एकत्रित गरी सबैलाई बाध्न पुस्तक प्रर्दशनी गर्दै छौं ।

४. पुस्तक प्रदर्शनी बाहेक प्रर्दशनीमा अरु कार्यक्रमहरु के – के हुन्छन् ?
पुस्तक प्रदर्शनी बाहेक यही चैत १७ गते काठमाण्डौ उपत्यका रहेका चित्रकलाका कलाकारहरुले क्यानभासमा भक्तपुरलाई समेट्न प्रयास गर्ने छौं, जुन पुस्तक प्रर्दशनीमा प्रदर्शन हुने छन् । विभिन्न संञ्चार माध्यमबाट सामाजिक, राजनैतिक, विकृति विसंगति विरुद्व छापिएका कार्टुनहरु प्रदर्शन हुने छन्, नवदुर्गाको मुकुन्दो प्रदर्शन, नाटक मञ्चन भक्तपुरका पुराना फोटोहरु प्रदर्शनी, युवाहरु के पर्दछन्, कति पद्छन् विषयमा सामुहिक वार्ता हुने छ । देशमा तरङ्गित ख्वप मोडल बारे वार्ता हुने छन् भने प्रदर्शनी स्थलमा नेवारी खाजा स्थल र प्रत्येक साँझ साहित्यिक साँझ हुनेछन् ।

५. प्रदर्शनीका विशेषताहरु के – के हुन् ?
पहिलो कुरो प्रदर्शनी अवलोकन सर्वसाधरण लगायत हरेक व्यक्तिले निःशुल्क गर्न पाउनेछन् ।
सामुहिक वार्ता, छलफलमा सहभागी हुन पाउने छन् ।
पुस्तक सम्बन्धि अवलोकन कर्ताहरुलाई प्रश्न सोध्ने छन् सही उत्तर दिनेहरुलाई पुरस्कारको बन्दोबस्त हुने छन् । पुस्तकका साथै कलाकारहरुको कला विज्ञहरुका विचार सुन्न र हेर्न पाउने छन् भने मिठो नेवारी खाजाको स्वाद चाख्न पाउनेछन् ।

६. प्रदर्शनीले पुस्तकका पाठकहरु कसरी बृद्धि हुन्छ होला ?
कुनै पनि व्यक्ति हरेक दिन लाउन लुगा कोही कसै सँग मागेर लगाउदैन । विशेष दिन, फरक समयमा लगाउन हरेक व्यक्ति सँग फरक फरक लुगा हुन्छन् । त्यो लुगा काठमाण्डौको कुनै ठाउँमा मात्र सिलाउन परेमा कस्तो होला परिकल्पना गर्नुस् त । त्यसैले ताम झामका साथ पुस्तक मेला प्रदर्शनी ठाउँ ठाउँमा गरे पछि स्वत ः पाठकहरु बढ्ने छन् अध्ययन संस्कृतिको स्तर माथि उठ्ने हाम्रो विश्वास छ ।

७. प्रदर्शनीमा कुन कुन प्रकाशक÷संस्थाहरु सहभागी हुदैछन् ?
यस आरम्भ पुस्तक प्रदर्शनीमा निम्न प्रकाशक÷संस्थाहरुले सहभागिता जनाउनु हुनेछन् ।
क) नेपाल प्रज्ञा प्रतिस्थान
ख) साझा प्रकाशन
ग) बुकहिल पब्लिकेशन
घ) नेपालय् पब्लिकेशन
ङ) इन्डिको इन्क
च) विवेक सृजनशिल
छ) किताब पब्लिशर
ज) पाँच पोखरी प्रकाशन
झ) साँग्रीला बुक्स
ञ) लिपि बुक्स
ट) अनुज बुक्स
ठ) बेला बुक्स
द) फाइन प्रिन्ट
ढ) रत्न बुक्स
ण) शीखा बुक्स
त) मञ्जरी पब्लिकेशन
थ) जागरण बुक्स
ड) फिनिक्स बुक्स
ध) जनप्रकाशन ग्रह
न) कथालय
साथै आरम्भ पुस्तक प्रदर्शनी २०७८ को अवसरमा यही सालबाट आरम्भ नेपालले दुई वटा किताब विमोचन गर्दै छौँ । एक दामोदर सुवालका सय काटुर्न र पुण्य राम सुवालका ह्युपा निति नेपाल भाषा कविता संग्रह हुन् ।

८. पुस्तक बाहेक अरु कुनै संस्थाहरु सहभागी हुँदैछन् कि ?
स्याटर डे प्लेन एयर ग्रुप , शिल्पी थिएटर, नेपाली हस्तकला ।

९. पुस्तक बिक्रीमा छुटको व्यवस्था के छ ?
पुस्तकको मुल्य बजार मुल्य भन्दा सस्तो पाउनु हुनेछ ।

१०. आरम्भका भावी कार्यक्रमहरु के – के छन् ?
आरम्भ नेपालको प्रत्येक महिनामा अनिवार्य एक पल्ट बैठक हुन्छ । बैठकले समय सापेक्ष कार्यक्रमहरु तय गर्छन् । कार्यक्रम मुख्य होइन, गर्ने भावना, चाहना, र नियन्त्रित जोश नै कार्यक्रम हो र हुन्छन् ।

११. यत्रो कार्यक्रम गर्न आर्थिक स्रोत चाहि कसरी व्यवस्था गर्नु हुन्छ ?
एउटा उखान छ “जनताबाट सिक र जनतालाई देउ ” सत्कर्म गरौं जनता तपाई हाम्रो साथमा हुनेछन् । राज्यबाट उपेक्षित भक्तपुर नगरलाई कोरोना महामारीको बेला भक्तपुर नगरपालिकाको आह्वानमा अक्सिजन प्लान्टका लागि ६ करोड भन्दा नेपाल लगायत विदेश बस्नुहुने नेपालीहरुले चन्दा रकम सहयोग गरेका थिए । भने हामी यहीका जनातामा आश्रित छौ । तपाई पनि आर्थिक रुपमा सहयोगी संस्थाहरु गोर्खा इको प्यानल, अरनिको कन्सल्टाण्ट, प्राविधिक सहयोगमा शुभ कम्प्युटर, सञ्चार सहयोगीहरुमा भक्तपुर एफ एम, जनसंञ्चार टि भी तथा एफ एम, भादगाउँ टेलिभिजनका साथै साहित्य पोस्ट संस्थाहरु रहेका छन् ।

१२. अन्य पाठक शिक्षक एवं विद्यार्थीहरुलाई केही भन्नै पर्ने कुराहरु छन् की ?
आउनुहोस् आरम्भ पुस्तक प्रदर्शनीमा सहभागी हुनुहोस्, अवलोकन गर्नुहोस्, कमी कमजोरी हामीलाई बताउनुहोस्, राम्रा कुराहरु साथी, छरछिमेकमा भन्नुहोस् । अस्तु ।

Comments