डेरी दूध उद्योगहरुमा हुने अनुचित व्यापरिक क्रियाकलापमाथि कारबाहीको माग


साउन २६, २०७७, सोमबार | विहान ११:०८ बजे | 35


काठमाडौं । राष्टिय उपभोक्ता मञ्चले प्रशोधित दूधमा कैफियतपूर्ण क्रियाकलाप भइरहेको हुँंदा नियमन र नियन्त्रण गर्न सरकारसँंग माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रको पूर्ण पाठ
उपरोक्त बिषयमा आम उपभोक्ताले उपभोग गर्ने दूध तथा दुग्धजन्य पदार्थहरुमा मिसावट गर्ने, कम गुणस्तरको दूध बनाउने र नापतौलमा ठग्ने कार्य व्यापक हुंदै गएको व्यहोरा अनुरोध गर्दै माननीय मन्त्रीज्यूमा निम्न व्यहोरा सहित अनुरोध गर्दछौं ।
अत्यावश्यक वस्तुको रुपमा रहेको दूध तथा दुग्धजन्य पदार्थहरु स्थानीय बजारमा बिशेष गरी दुइ प्रकारबाट बिक्रि बितरण भई रहेकोछ । पहिलो खाद्य ऐन, २०२३ खाद्य गुणस्तर नियम ०१.०५ अनुसार आंशिक रुपमा दूधको चिल्लो झिकी वा नझिकी वा दूधको चिल्लो रहित दूग्ध पदार्थ घोली वा नघोली दूधको चिल्लो ३.० प्रतिशत र दूधको चिल्लो बाहेक दूग्ध ठोस पदार्थ ८.० प्रतिशतमा घटी नभएको तथा निरोगन प्रकृया वा जिवाणु हनन प्रकृया सम्पन्न गरी तयार गरिएको तरल एवं प्रशोधित दूध र दोश्रो सोझै गाई र्भैंसी दुहेर कुनै भाडोमा भरी वा प्लाष्टिकको प्याकेटमा टुप्पी बांधी आम उपभोक्तालाई बिक्रि बितरणको लागी ल्याउने गरेको पाइन्छ ।
बिशेष गरी कृषिसंग सम्बन्धीत खाद्य वस्तुको रुपमा रहेको दूध तथा दूग्धजन्य पदार्थमा मिसावट गर्ने, कम गुणस्तर बनाइ बिक्रि गर्ने तथा अखाद्य वस्तुको मिश्रण गर्ने र तौलमा ठगी गर्ने काम हुंदै आएकोमा राष्ट््िरय उपभोक्ता मन्चले निरन्तर खवरदारी गर्नाको वावजूद अनुचित व्यापारिक कृयाकलाप नरोकिएको हुंदा यस बिषयमा सरकारको ध्यान आकृष्ट गर्दै आवश्यक नियमन तथा अनुगमन गरी अनुचित व्यापारिक कृयाकलाप गरी उपभोक्ता ठग्ने व्यवसायीहरु बिरुध्द कानूनी कारवाही गरी पाउनको लागी निम्न व्यहोरा सहित अनुरोध गर्दछौं ।

१) प्रशोधित दूध उत्पादन तथा बिक्रि गर्ने उद्योग व्यवसायीहरुबाट हुने अनुचित व्यापारिक कयाकलाप ः
   खाद्य ऐन अनुसार प्रशोधित दूधमा न्यूनतम ३ प्रतिशत फयाट हुनै पर्ने व्यवस्था रहेकोछ । तर उद्योग व्यवसायीहरुले अधिकतम २.९ प्रतिशत मात्र फ्रयाट राख्ने गर्दा प्रति फयाट ६० पैसा पर्ने हिसावमा निजले दैनिक उत्पादन तथा बिक्रि बितरण गर्ने हजारौं लिटर दूधबाट फयाटबाट मात्र नै लाखौं कमाउने गरेको पाइएकोछ ।
    त्यस्तै एस.एन.एफ भ्याल्यू ८ प्रतिशत हुनु पर्ने व्यवस्था भएपनि प्रशोधित दूधको नाममा अनेक थरी मिसावट गरी बिक्रि बितरण गर्ने गरेको व्यहोरा अनुरोध गर्दछौं ।
    गर्मि याममा आफनो दूध सुरक्षित राख्न र नफटाउनको लागी हाइड््रो लगायतको प्रतिबन्धित रसायनहरु मिसावट गर्ने गरेको कुरा पोखरामा केही बर्ष अगाडी स्थानीय प्रशासनले गरेको अनुगमनबाट प्रष्ट छ ।
    दूध संकलन, उत्पादन प्रशोधन तथा बिक्रि बितरण सम्ममा आउंदाको लागत मूल्यको एकिन तथ्यांक बिनानै अहिले बजारमा दूधको मूल्य प्रति प्याकेट ३८ रुपैयांसम्म लिइ रहेकोछ ।

२) अप्रशोधित खुला दूध ।
    शुध्द गाई भैंसीको दूधको नाममा आम उपभोक्ताको स्वादलाई भजाएर बजारमा खुला भाडोमा बिक्रि बितरण गर्न ल्याउने अप्रशोधित दूधलाइ शुध्द गाई वा भैंसीको दूध भन्दै पानी मिसाएर बेच्ने, दूध नफटाउनको लागी हाइड््रो वा अन्य रसायन मिसाएर बेच्ने गरेको व्यापक जन गुनासो रहेकोछ ।
    यसरी अप्रशोधित एवं खुला दूध प्रशोधित एवं प्याकेट दूध भन्दा बढि मूल्य लिने गरेको र प्रति लिटर १०० रुपैयांसम्म लिने गरेको पाइएकोछ ।
   धेरै जसो खुला दूध बिक्रेताहरु डेरी उद्योगको नाममा स साना पसल दुकान खोलेर बस्ने र तिनीहरुले प्लाष्टिकको पौचमा आधा लिटरको प्याकेट बनाइ रबरले मुख बांधी बेच्ने गरेको पाइएकोछ, जसलाई व्यवहारिक चलन चल्तीमा टुप्पी दूध भनेर चिनिन्छ । यो कार्य पूर्णत गैरकानूनी तथा अबैध भएतापनि बजारमा छ्यापछ्याप्ति यस्ता दूध बिक्रि बितरणमा रहेको पाइन्छ ।
यसरी प्रशोधित वा अप्रशोधित तरिकाले बजारमा बिक्रि बितरणमा रहेको दूध तथा दूग्धजन्य पदाथहरुको बिक्रि बितरण गरी आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा सम्पतिमा समेत खेलवाड गरी शोषण गरी रहेको हुंदा माननीय मन्त्रीज्यूबाट यस बिषयमा गम्भिरतापूर्वक लिनु भई अनुचित व्यापारिक कार्य गर्ने बिरुध्द कडा भन्दा कडा कानूनी कारवाही गरी पाउनको लागी हार्दिक अनुरोध गर्दछौं ।

Comments