बच्चन परिवारका लागि सुखद खबर


साउन २४, २०७७, शनिबार | विहान १०:२९ बजे | 40


एजेन्सी । केही समयदेखि कोरोना भाइरससँग लडिरहेको बच्चन परिवारका लागि सुखद खबर आएको छ ।

केही दिन अभि बलिउड अभिनेता अमिताभ बच्चन, उनकी बुहारी अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आराध्याको कारोना रिपोट नेगेटिभ आएपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भएका थिए । तर अभिनेता अभिषेक बच्चन भने अहिलेसम्म कोरोनासँग लडिरहेका थिए ।

बच्चन परिवार र उनको फ्यानहरुका लागि अब भने सुखद खबर बाहिरिएको छ । अभिषेकको हालै गरिएको परीक्षणमा उनको पनि रिपोर्ट नेगेटिभ देखिएको छ ।


Comments