कहिले बन्छ ज्योतिलिंगेश्वर सडक ?
साउन २४, २०७७, शनिबार | विहान ०८:५२ बजे | 95
भक्तपुर । भक्तपुरको झौखेल सडक अस्तव्यस्त रहँंदा बाटोको प्रयोग गर्ने दाहाल गाउँंबासी पीडित भएका छन् । ज्योतिलिंगेश्वर जाने बाटो अस्तव्यस्त रहँंदा उनीहरु पीडित भएका हुन् ।
सधैं समस्यामा परेपछि स्थानीयले शनिबार केही बाटो बनाएका छन् । स्थानीय सुमन दाहालको नेतृत्वमा बाटोको मर्मत सम्भार गरेका हुन् । बाटो मर्मतमा आधा दर्जन स्थानीयहरु सहभागी भएका थिए ।
ढल बनाउने क्रममा बाटो विग्रेको हो । अहिले त्यहाँं काम रोकिएको छ । ढल निर्माणको क्रममा रहेका ढलहरु यतिकै अलपत्र अवस्थामा छन् । बाटोबाट पानी यतिकै वगिरहेको छ । ढल बनाउने क्रममा सडकको दुवैतिर वाल लगाइसकेको अवस्था छ । काम वन्द गरी अहिले ठेकेदार वेपता छन् ।
सधै बाटो समस्यामा परेपछि स्थानीयले सम्वन्धित वडा कार्यालयको ध्यानाकर्षण गराएका छन् । यो चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा पर्दछ । झौखेल वडा कार्यालयको ध्यानाकर्षण गराएका छन्, स्थानीयले ।