गोरखा चाइनिज इट्टा उद्योग पुनः संचालनमा
साउन २४, २०७७, शनिबार | विहान ०४:३४ बजे | 75
काठमाडौं । कोभिड १९ को कारण चैत्र १५ देखि बन्द रहेको काभ्रे बनेपा बासदोल स्थित कारखाना रहेको गोरखा चाइनिज इट्टा उद्योग पुन संचालनमा आएको छ । करिव ५० करोडको लगानीबाट स्थापना गरेको उक्त कम्पनी लकडाउनका कारण करोडौं घाटा परेको थियो । साथै उत्पादन सुरु भएर केही महिनामै लकडाउन खेप्नु परेकोले कम्पनीलाई हम्मेहम्मे परेको थियो । तर पनि ग्राहकको मागलाई ध्यानमा राखी सरकारले दिएको निर्देशनलाई पालना गरी पुन संचालनमा ल्याएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाले बताए । उत्पादित इटा बजारमा पनि पठाउन सुरु गरेको उनले बताए ।
कम्पनीको मुख्य उद्देश्य भनेको ग्राहकको सन्तुस्ती हो, जुन इट्टा खरीद गर्दा गणपुरक होस,् बलियो होस्, पुरै घर बनाउदा अरु इट्टाको तुलनामा कम मात्र लागत परोस, सीईओ देउपालाले भने, यी सबै कुरालाई मघ्यनजर राख्दै माटोको क्वालिती टेष्ट गरी माटोलाई सुखा र घुलो पारी आवस्यक फिल्टर गरेर शुन्य दशमलब आठ एमपीए भ्याकुम प्रयोग गरेर कांंचो इटा तयार गर्दछौ । इटाको गुणस्तरलाई समयसमयमा टेष्ट गर्दै आएको उनले सुनाए । १४५ मिटरको डाइटनेलभित्र छिराई डाइ गर्ने र सुख्खाभएको नभएको जांच गरी फायर टनेलमा पठाई आवस्यक टेम्परेचर मनोटरिंग गरी इटालाई पोल्ने काम गरेको उनले जनाए । पाकेको इटालाई सरकारी मान्यता प्राप्त ल्याबमा क्वालिटी टेष्ट गरेर बजारमा पठाउने गरेको उनले सुनाए । उत्पादित इट्टा एउटै साईजको हुने भएकोले कम र बढी हुने सम्भावना नै नहुने उनको भनाई छ । ‘इटाको दरमा थोरै म्यानपावरले बढी उत्पादन गर्नसक्ने भएकोले पक्कै पनि कम दरमा इटा दिन्छौं र ग्राहकलाई सन्तुष्टी दिलाउन्छौं, उनले थपे ।