आइतबारदेखि सटडाउन सुरु


साउन २३, २०७७, शुक्रबार | दिउँसो १२:५९ बजे | 50


आइतबारदेखि सटडाउन सुरु
काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दे गएपछि तीन जिल्लाका प्रशासन दुई साताका लागि ‘सटडाउन’ गरिने भएको छ । आइतबारदेखि भदौ ८ गतेसम्म लागू हुनेगरी १५ दिन प्रशासन सटडाउनको निर्णय गरिएको हो ।
शुक्रबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जिल्लाका समन्वय समितिको बैठकले आइतबारदेखि लागू हुने गरी सटडाउनको निर्णय गरिएको हो।
यस्तै, बैठकले हाल सञ्चालनमा रहेका क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गर्न गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउने निर्णय गरिएको उनले जानकारी दिए।
स्थानीय तहलाई पनि क्वारेन्टाइन र आइसोलेसनको संख्या बढाउन निर्देशनसमेत दिइएको छ।
तीनै जिल्लाका सिसिएमसी कमिटीहरुबीच भएको बैठकले गैरसरकारी संस्था र निजी कार्यालयहरुलाई स्वास्थ्य सुरक्षा प्रोटोकल अनिवार्य कार्यान्वयन गराउन निर्देशन पनि दिइएको छ।
कोरोना संक्रमणको दर दैनिक बढ्दो रहेको अवस्थामा लापरबाही गर्नेलाई कडा कारबाही गरिने प्रजिअ दाहालले जानकारी दिए।
‘हामीले अरु कार्यालयहरुलाई प्रोटोकल अनिवार्य कार्यान्वयन गरी सञ्चालन गर्न अनुरोध गरेका छौं। यसबीचमा अनुगमन पनि हुन्छ, अनुगमनमा लापरबाही गरेको वा प्रोटोकल कार्यान्वयन नगरेको पाइएमा कारबाही मात्रै होइन, तीन संस्थाहरु बन्द गरिनेछ,’ उनले भने ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ।


Comments