मालपोत कर र घर—जग्गा दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


साउन २२, २०७७, बिहीबार | दिउँसो ०१:२२ बजे | 30


मालपोत कर र घरजग्गा दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते कोभिड १९ संक्रमणको जोखिमका कारण भक्तपुर नगरपालिकाको आम्दानीमा कमी आएको हुँदा नगरपालिकाले हरेक काममा मितव्ययिता अपनाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न आर्थिक वर्ष २०७७÷७८ को लागि निर्धारित मालपोत कर र घरजग्गाको दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले कर्मचारीहरुको व्यवहारले जनतालाई खुशी बनाउनुपर्ने बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीहरुको कामहरुबाट बिचौलियालाई खेल्ने अवसर दिनुहुन्न भन्दै उहाँले मालपोत कार्यालयमा आर्थिक अनियमितता भए सिंगो जिल्लाकै बद्नाम हुनेतर्फ सजग रहनुपर्ने बताउनुभयो ।
[[img2]]
भूमिसुधार तथा मातपोत कार्यालय भक्तपुरका नायब सुब्बा कुलबहादुर बस्नेतले नगरपालिका र मालपोत कार्यालयबीचको आपसी समन्वयले काम गर्न सहज हुने बताउनुहुँदै भक्तपुरको जग्गाको न्यूनतम् मूल्यांकनबारे केही अस्पष्ट भएका विषयहरुमा स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त अभिमुखीकरण कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडा सचिव, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments