भक्तपुरमा आज १३ जनामा कोरोना पुष्टि


साउन २०, २०७७, मङ्गलबार | दिउँसो १२:३८ बजे | 30



काठमाडौं । मंगलबार उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका ६२ जनामा संक्रमण पुष्टि भएका बताएका छन् ।  
उनकाअनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् ।  देखिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

Comments