मानव उर्लन्दो जीवन
2020-08-04 06:32:27
कुमार लघु
मावन जीवन महिनौदेखि कोठामा थुनिएकोआज मानिस घर बाहिर उर्लन्दोको रूपवाट
मानिस वन्धनवाट बाहिर आउन् लालायित छन्
जात्रा अनेक पर्वहरू पनि लाम लागेर आँगनमा आए
गाईजात्रा, चार भगवानको दर्शन र घुमफिर गर्न आत्तुर
कोरोनाको वृध्दि झनझन वदेर समूदायमा आएका
हामी नेपाली उपत्यकाका जनताहरू हत्तासिएका
कुनै बखत आपतको वेला हतासिने होईन
दिमागले सोचौ भईरहेकोवाट कसरी वच्ने हो ?
कोरोना घटेको छैन, लकडाउन मात्र घटाएको
कुनै रोगले मानव समूदाय खतरामा पार्छु भनेर आए
हामी सवै एक जुट्भएर कोरोनाको विरू्ध्द लागौं
हुलमलमा नजाऔ ,भौतिकदूरीमा बसौं ,स्वयम् वचौं
कोरोनावाट वचन क्षमता अभिवृध्दिको उपाएमा वसौं
मानव वस्ती नै कोरोनाको तार्गेट हो , छिर्न नदेऊ
यो कोरोना हुलमुल र मानवले ल्याउने रोग हो
सवैले मास्क लगाऔं अर्काको निम्ति होईन,
आफैलाई फाइदा जनक हुने लगाई हालौ
घिङताङघिसी यो वर्ष साधारण मनाऔं
अर्काे वर्ष नि मनाउनुछ, अर्काे वर्षलाई वाचौं ।
प्रतिक्रिया