नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गरेको छ।

लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जानकारी दिएको छ।

नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिने बोर्डले जानकारी दिएको छ ।

सहभागीहरुले आगामी जेष्ठ १८ सम्म फोटोहरु पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel/blog/nepal-from-your-windowमार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार नगद पुरस्कार पाउने छन्।

...

All Comments.......


Please Login/Register To Comments