भक्तपुरमा स्काउटद्धारा जनचेतनामूलक अभियान
साउन १९, २०७७, सोमबार | दिउँसो ०२:३१ बजे | 25
भक्तपुर । नेपाल स्काउट ,जिल्ला स्काउट ,भक्तपुर पायो नियर ओपन स्काउट क्र्युको आयोजनामा आज ०७७÷४÷१९ गते बिहान भोलिबाटसुरु हुने गाईजात्रा पर्बलाई बिश्व ब्यापी कोभिड १९ महामारीलाई ध्यानमा राखि स्वास्थ मन्त्रालयले निर्धारण गरेको मापदण्डलाई पालना गर्न जनचेतनामूलक अभियान को आयोजना सम्पन्न भयो । स्वास्थ्य मन्त्रालयद्वारा निर्धारण गरिएको सामाजिक दुरि,माक्र्स लगाउने, हातधुने, हुलमा नहिद्नलगायतका प्लेकार्ड छातिमा टाँसेर भक्तपुरको गाईजात्रा मार्ग हुँदै नगर परिक्रमा गरेको थियोे । रोभर लिडर रमेश सितिखुको नेतृत्वमा भएको उक्त कार्यक्रममा ५० जना रोभर, रेञ्जर स्काउट हरुको सहभागितामा सम्पन्न भएको थियोे