जुम्लामा तेस्रो पटक हिमपात (फोटो फिचरसहित)


माघ २१, २०७८, शुक्रबार | विहान ०४:१० बजे | 30


जुम्लामा तेस्रो पटक हिमपात (फोटो फिचरसहित)

जुम्ला ।  जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

[[img2]]

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ । हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।
[[img3]]
जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

जुम्लामा तेस्रो पटक हिमपात (फोटो फिचरसहित)
जुम्लामा तेस्रो पटक हिमपात (फोटो फिचरसहित)

Comments