असम्वृध्द नेता
कुमार लघु
नेता तिमी छौ सम्वृध्द नेपालका कुहिएका नेता
तिमीले वोलेको थियो सम्वृध्द नेपाल हेरियौ
तिमी आफैले आफैलाई सम्वृध्द नेता वनायौ
छामछुमम्, हाहाहुहू र गुण्डागिरी शैलीमा
त्यो तिमीले सम्वृध्द नेपाल कहाँ लुकायौ
तिमीले गुन्दुकको अचार चख्यायौ मत लिएर
जनता छलमा रमाएका थिए त कुपुत्रलाई देखेर
सम्वृध्द नेपाल वोलेको देख्दा कुपुत्र लजाएन है
पूर्वदेखि पश्चिम चीनको रेल दौडाउने सपना खोई
कर्णालीमा जहाज चलाउने बकम फुसे कुरा मात्र
त्यो आग्राको कुरा नगरौ गाग्रीमा पानी थपेको
उहिलेको कुरा खुईहालेको कहिले अब गर्ने ?
थाहा पाए राजनीतिक व्यक्तिले झूठ वोल्छ भनेर
जनताले हामीलाई किन पत्याएको ल भन त
जनताले झुठ र अप्तयारिला कुरा किन सुने ?
नेतालाई कण्टीनरमा घुमाउने किन नआउला ?
आज नेता मात्र देख्दा जनता चकित भएका छन्
नेता भनेका भाषण एउँटा वोल्ने काम अर्काे गर्ने
अरू भन्दा नी झापे खोलि नेताले बेमान गरे
जनताले निर्वाचित भएर जनतालाई धोखा दिए रे
महँगो असम्वृध्द नेपाल वनाई दिए हेर त
घर घरमा कोरोनाको धम्की दिए ,रोगी वढाए
खाना नै नपाउने गरि लकडाउन लागू गरे सकस
जनतालाई भोक भोकै वस्न वाध्य वनाए झापेले
जनतालाई चाहिने औषधिमा कमिशन खाए
त्यो पनि नक्कली सामान र औषधि ल्याएर
घुसखोरी नेता,भ्रष्टाचारीलाई औषधिको ठेक्का !
गुण्डालाई पैदल हिडेको हेर्ने र खानाको जिम्मा
यस्तो पनि हुन्छ र सम्वृधद नेपालमा असत्य
त्यस्ता मान्छे नै पैसा कुमल्याउन पाएर सेवक
आसा नेता भनाउँदाले गरेर ख्वाउँला भन्थे लोभि
ख्वायो त असम्वृध्द नेताले नेपाल कङ्गाल वनाएर
जनताको आँखा गाउँ घर कहिले विकास होला ?
बल्ल जनता असम्वृध्द नेता थाहा पाएर दङ्ग भए
प¥र्याे भने चिलो वोली वोलेर जनताको घरमा
खान लाउन त आफै खाऊ झापे खोलि आफै !
वाढी पहिरोका जनता आसैमा भोकै रात वित्यो ।