अभियानको साप्ताहिक कार्यक्रम


साउन १८, २०७७, आइतबार | दिउँसो ०२:४६ बजे | 50


भक्तपुर । कोरोना महामारीका बीच भौतिक दूरी कायम गर्दै सिर्जना अभियानले भक्तपुरमा साहित्यको विकास र लेखनलाई सार्थक तुल्याउने उद्धेश्यले साप्ताहिक रुपमा साहित्यिक गतिविधि शुरु गरेको छ । त्यसअन्तर्गत अभियानले स्थानीय रुपमा उपलब्ध स्रष्टाहरुलाई आमन्त्रण गरी सिर्जना संवाद र भेटघाट कार्यक्रम गर्नेछ ।
अभियानको आयोजनामा भक्तपुरको बाराहीस्थानमा भएको अनौपचारिक कार्यक्रमा सो जानकारी दिइएको हो । अभियानका सचिव धु्रव मधिकर्मीले लेखकहरु जिल्लाबाहिर जान नसकिने अवस्था रहेकाले स्थानीय रुपमै भए पनि साहित्यिक गतिविधि संचालन गर्न यसप्रकारको भेट र संवाद थालनी गरिएको बताए ।
कार्यक्रममा कविहरु नवीनप्रकाश श्रेष्ठ, सुरेन्द्रलाल भुजू, तेजकृष्ण श्रेष्ठ, काशीराम विरस र धु्रवनारायण जोन्छेले कविता वाचन गरेका थिए भने हरिगोविन्द भोमी, रामेश्वर भुजू र श्याम आशाले कार्यक्रमका बारेमा आआफ्ना विचार राखेका थिए ।

Comments