क्वाटी सहितको खाद्य पसल अनुगमन


साउन १८, २०७७, आइतबार | दिउँसो ०२:४१ बजे | 70


भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा क्वाटी सहितको खाद्य पसलहरु लान्चाफल्चादेखि कमलबिनायकसम्म पाँच वटामा अनुगमन भयो । अनुगमनमा सबै पसलहरुमा कोभिड १९ बाट सुरक्षित हुने गरी माक्स पञ्जा र एप्रोनको व्यवस्थान भएको नपाएका साथै ग्राहकको लागि पनि सो सहित सानिटाईरको व्यवस्था भएको नपाइएको र सबै पसलहरुमा म्याद नाघेको खाद्य सामानहरु पाईएको संयोजक गोराले बताउनु भयो ।
[[img2]]
अनुगमनमा सुरेश खाद्य स्टोरमा पसलमा दर्ता प्रमाण पत्र नभएको र नविकरण नगरेको, महालक्ष्मी चिउरा प्याकेजिङ मा लेवल नभउको, खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना प्याकेजिङ सामानहरु जिरा, काजु, बदाम, पेष्टा लगायतमा लेबल नराखी प्याकेजिङ गरेको पाइएकोले खाद्यमा अनुज्ञापत्र लिन निर्देशन दिएको, म्याद नाघेको सामानहरु मिक्स मसला करेन्ट सानो १४ पाकेट, चिल्ली पाउडर २२ पाकेट, पेष्टा १ पाकेट, टरमेरिक पाउडर ६ पाकेट, वाईवाई चाउचाउ १ पाकेट मेचि चिया मसला १ पाकेट, क्वीक् चिप्स १ पाकेट जफत गरी नष्ट गरियो भने चामल विग्रेको ६ बोरा निजलाई नै फिर्ता पठाउन वा नष्ट गर्न निर्देशन दियो भने मुल्य सुचि व्यवस्थित गर्न समेत निर्देशन दियो ।
त्यस्तै सचिन खाद्य स्टोरमा पसल दर्ता प्रमाण पत्र पसलमा नभएको र नविकरण समेत भएको नदेखिएको साथै तराजू नापतौल विभागमा नविकरण गरेको नदेखिएकोले तराजु थान १ जफत गरी मकै लेवल नभएकोले लेवल भएको मात्र बेचविखन गर्न निर्देशन दियो भने म्याद नाघेको सामानहरु कोकाकोला २५० मिलिको १० वटा जफत गरि नष्ट गरियो ।
[[img3]]
त्यस्तै खोटेजा स्टोरमा खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना प्याकेजिङ सामानहरु गेडागुडी, क्वाटी, मास, चानाहरु भएकोले लेबल नराखी प्याकेजिङ गरेको पाइएकोले खाद्यमा अनुज्ञापत्र लिन निर्देशन दिएको साथै म्याद नाघेको सामानहरु करेन्ट धनिया पाउडर ५ पाकेट, डाबर हनि सानो १० वटा र ठूलो २ वटा, नेष्टलेको किटक्याट चकलेट ६ पाकेट, हालमोला ८ वटा, रोजमेरि सिएमसि मसला १६ पाकेट, चोको १ पाकेट जफत गरी नष्ट गरियो भने पसल किरानामा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न निर्देशन दियो ।
त्यस्तै देभना खाद्य स्टोरमा पसल किरानमा दर्ता गरिराखेकोले मिनिमार्टमा दर्ता गर्न, खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना प्याकेजिङ सामानहरु मद्येशी बदाम, छोकडा, किसमिस, ओखर, वियाँ, काजु, सुकुमेल, गेडागुडी लगायतको भएकोले लेबल नराखी प्याकेजिङ गरेको पाइएकोले खाद्यमा अनुज्ञापत्र लिन निर्देशन दिई म्याद नाघेको सामानहरु लेय्ज ७ पाकेट, भुटेको चाना १० पाकेट, नटराजको चना दालमोठ ६ पाकेट, विकाजीको मसला पापड २० पाकेट जफत गरी नष्ट गरियो ।  
त्यस्तै सेभेन नाइन इन्टरप्राइजेजमा ढक तराजु नापतौल विभागमा नविकरण गर्नु पर्ने, म्याद नाघेको सामानहरु क्लासिक सुप २ पाकेट, केशरी भोग बेशन लेबल नै नभएको १ पाकेट, फाण्टा ५०० मिलिको ११ वटा जफत गरि नष्ट गरिएको कुरा वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।  
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका नगर निरिक्षक दिलिपकुमार सुवाल, वडा निरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका न्हुःज किजू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक विनोद सुवालको सहभागी थियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments