बक्सिङ संघको साधारणसभा सम्पन्न, आएनन् महासचिव


माघ १५, २०७८, शनिबार | विहान ११:५८ बजे | 20


बक्सिङ संघको साधारणसभा सम्पन्न, आएनन् महासचिव

काठमाडौ । नेपाल बक्सिङ संघको पाँचौं साधारण सभा युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजको प्रमुख आतिथ्यतामा शनिवार जुम मार्फत सम्पन्न भयो । प्रमुख अतिथि गहतराजले कोभिडका कारण भौतिक दुरीमा गर्नुपर्ने परिस्थितिका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको बावजुद साधारणसभा गर्नु भएकोमा धन्यवाद दिँदै साधारणसभामा आगामी दिनमा साफ, एसियन र ओलम्पिकमा कसरी अगाडि बढ्ने योजना बनाउने आशा लिनुभयो ।
साधारणसभामा भएको समिक्षा र सुझाबहरु खेलकुद मन्त्रालयलाई सन्दर्भ स्त्रोत हुने गहतराजले बताउनुभयो । उहाँले आइबाका अध्यक्ष नेपाल आएर उच्च लेबलमा समेत छलफलले अन्तर्राष्टिय लगाव छ भन्ने देखाउनुका साथै विश्वव्यापी पहिचान र मान्यता प्राप्त खेल बक्सिङ नेपालमा सम्भावना बोकेको बताउनुभयो । उहाँले नेपालको उच्च भुभाग सगरमाथामा विश्व बक्सिङ च्याम्पियशीप गर्ने आइवाका अध्यक्षको योजनासमेत प्रस्तुत गरेको बताउनुभयो । उहाँले बक्सिङ खेल विकास गर्न मानोबल बढाउने, पूर्वाधार तयार गर्ने र व्यवस्थापन गर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदको विवाद अदालत पुग्नु विकासमा बाधा भएको भन्दै मतभिन्नता हताएर हौसला प्रदान गर्नु पर्ने बताउनुभयो ।
साधारण सभा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुने अतिथिहरुमा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष रविराज थापा, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका दिपक श्रेष्ठ, नेपाल पत्रकार मञ्चका संजिव शिल्पकार, अन्तर्राष्ट्रिय खेलाडी दिपक विष्ट, बरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसि, उपाध्यक्ष भोजराज सितौलाले बक्सिङ विकासका बारेमा संघको विवादबारे आ¬¬–आफ्नो धारणा राख्नु भयो ।
बन्दसत्रमा अध्यक्ष राम अवाले आफ्नो धारणा राखी सकेपछि संघका महासचिव सचिन भट्टाचार्य सहभागी नभएपछि प्रगति प्रतिवेदन संघकोतर्फबाट पुष्करराज पन्त पेश गरेको थियो भने प्रगति प्रतिवेदनमा छलफल हुँदा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले भक्तपुर जिल्ला बक्सिङ संघ रामकृष्ण प्रजापति अध्यक्ष रहेको संघलाई मान्यता दिई साधारणसभामा सहभागी गराएकोमा धन्यवाद व्यक्त गर्र्र्दै भक्तपुर नगरपालिकाले बक्सिङ कर्भड हल कमलबिनायकमा बक्सिङ रिङ्ग जडान भएको समेत जानकारी दिनुभयो । त्यस्तै प्रमुख प्रशिक्षक प्रकाश थापामगर, टेक्निकल कमिटिका दिपक मर्हजन, प्रतियोगिता समितिका श्याम अवाले लगायतले बोल्नु भएको थियो ।

Comments