भक्तपुर कप फुटबल प्रतियोगिता स्थगित (प्रेस विज्ञप्तिसहित)


माघ १२, २०७८, बुधबार | विहान ०४:४६ बजे | 0


भक्तपुर कप फुटबल प्रतियोगिता स्थगित (प्रेस विज्ञप्तिसहित)


भक्तपुर । भक्तपुरमा माघ १४ गतेदेखि हुने भनिएको भक्तपुर कप फुटवल प्रतियोगिता स्थगित भएको छ । आयोजक युवा टिम गोल्मढी भक्तपुरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता स्थगित गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा टिमका अध्यक्ष केशव त्वानाबासुले कोरोना भाइरसका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राखी प्रतियोगिता हाललाई स्थगित गरेको जनाए । कोरोना भाइरसको महामरीमा कमी आई वातावरण अनुकुल हुनेवितिकै प्रतियोगिता पुनः सञ्चालन गर्ने जानकारी उनले गराए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र वातावरण अनुकुल हुने वितिकै प्रतियोगिता हुनेमा ढुक्क हुन उनले सवैसँंग आग्रह गरे ।

आयोजक युवा टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले प्रतियोगिताका लागि धेरैले सहयोग गरेको भन्दै सहयोगी सवैप्रति धेरैधेरै धन्यवाद व्यक्त गरे । उनले प्रतियोगिता सुरु हुने बेला उक्त सहयोग पुनः प्राप्त हुने विश्वास व्यक्त गरे ।

युवा टिमका सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले प्रतियोगिता भावी दिनमा अझ वढी भव्य हुने विश्वास लिए । उनले प्रतियोगिता गर्नका लागि धेरैको सहयोग व्यक्त भएको भन्दै आगामी दिनमा पनि सहयोग हुनेमा आफू विश्वसस्त भएको बताए ।

युवा टिमका सचिव रामेश्वर मचामसी, भक्तपुर नगरपालिका वडा नं ७ का पूर्व वडा अध्यक्ष शिवनारायण ग्वाछा, युवा टिमका पूर्व अध्यक्ष तुल्सीनारायण ग्वाछालगायतको सहभागितामा कार्यक्रम भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर कप फुटबल प्रतियोगिता स्थगित (प्रेस विज्ञप्तिसहित)
भक्तपुर कप फुटबल प्रतियोगिता स्थगित (प्रेस विज्ञप्तिसहित)

Comments