सहरको कथा ः टयांकरबाट घरघरमा पानी ओसार्ने श्यामजीको कथा
कुमार लघु
श्यामजी हेर्दा सोझोसिधा, मेहनती, इमान्दार, पढेलेखेको, निस्वार्थी, भविश्यकोबारेमा चिन्तक भएर लाग्ने देखिनुहुन्छ । अहिलेदेखिको दुःखलाई हेरेर परिवारलाई सुखखदिनको निम्ति हरदिन आफ्नो दुःखलाई सम्झेर भावी पुस्ताको निम्ति आफू परिश्रम गर्न खटेको युवा जवान हसिलोर वेला मौकामा सवैको प्रिय वन्न रूचाउनु हुन्छ उहाँं ।
उहाँको बुबा र आमाको महिलो छोरो हुनुहुन्छ । सानैदेखि मेहनत र आफ्नो पौरख खियाएर जे भेटिन्छ त्यही खाऔला भन्ने सोचको हुनुहुन्छ । यो जमाना मेहनत गरेर राम्रो मिठो खाऊला र लाऊला भने सोचको युवा हो, भक्तपुरको श्याम सुवालजी ।
मैले कहिले उठ्नुहुन्छ भनी सोध्दा विहानको ४ वजे उठ्छु भनेर भन्नुभयो । उहाँ चाँडै उठेर काममा लग्नुहुन्छ । विहान ४ बजेर निस्केर राति बजेमात्र घर भित्रनु हुन्छ । उहाँले सानैमा युरोपको फ्रान्समा मंमफली ठाउँको साँस्कृतिक नाचगानको कार्यक्रममा गएर विदेश के हो ? त्यहाँको रहनसहन र लवाईखवाईको अनुभव संगाल्नु भएको युवा हो ।
देश र विदेश घुम्ननी सीप हुनुपर्दाे रहेछ भन्ने कुराको जानकार हुनुहुन्दो रहेको व्यक्तित्व हुनुहुन्छ । उहाँको बाजे बुबा दाईको साथसंगत र उठबसले नि उसले सास्कृतिक फाँटमा पौडिन सिकनु भएको हुनुहुन्छ । उहाँको परिवारहरू नै वर्तमानकालमा सास्कृतिक क्षेत्रमा निर्धकका साथ साँस्कृतिक क्षेत्रमा लागेर देवी नाच्नलाई बचाउने र निरन्तरता दिनमा लागि पर्नुभएको वंशजको आधुनिक विचार बोकेको युवा हो श्याम सुवाल । पेशाले उहाँ हाल दैनिक कामकाजमा लागेको क्षेत्र डइवर क्षेत्र हो । उहाँलाई कसरी विदेश घुम्ने अवसर जुड्यो भनेर प्रस्न गर्दा मेरो पुर्खा र आफ्नो सिप ग्रहणले नै विदेश घुम्ने अवसर जुटेको हो । फ्रान्समा घुमेको र नाँचगानमा सरिक हुन पाउनुमा पुर्खाको देन पनि हो । फ्रान्सको उति वेलाको समयमा नौलो नयाँ प्रबिधिको अनुभव संगाल्न पाएकोमा खुसी छ ।
साँस्कृतिक क्षेत्रमा नेपालीले साँस्कृतिक र सस्कारलाई बचाउँदै बचाउन तत्पर हुनु हने जेहेन्दार नेपालमा भन्दा विदेशमा वस्न २००९ सालदेखि उत्साहित हुनु भएर उहाँले नौ वर्ष दुबईमा कामको सिलसीलामा विदेस वसेको तितामिताक् क्षण स्मरण योग्यछ उहाँंको ।
डुवईमा वस्दा आधुनिक विकसित मुलुकमा सानो देसले पनि विश्वमा नाम कमाउन सकेकोले छक्क परे भन्नुभयो । डुबईमा काम गर्न जादा वरोवर फर्की आउने केही महिना वस्ने फेरि जाने गरेको थियो । २०७२ सालमा विवाह गरी फेरि दुवई पुगेको कुरा गरे । दुवईमा पनि गाडी नै चलाउने हो ।
घरयसी परिस्थितीले गर्दा केही कमाई गरी परिवरमा समय दिन परेकोले सुखको समयलाई आसाको विन्दुमा राखेर हाल उहाँ पानी ट्याङ्कीमा पानी भरेर घर घरमा हाँसी खुसीका साथ कर्मथलोमा घोत्लिनु भएको छ ।
विदेशमा कस्तो समय वित्यो ? उहाँले भन्नूभयो – काम गर्दगर्दै घर परिवारको याद आउँछ । परिवारको चिन्ताले पिरोलिरहन्छ । घरमा के भयो कसो भयो घर परिवारको कुनै सदस्य विरामी प–र्याे कि भने सोचमा हुने दुःखको क्षण यस्तै हुन्छ । विदेशमा वस्दा नेपालमा कही भयो कि, देश र परिवारको सम्झना विहान र वेलुका याद आईरहन्छ । विदेशका १२– १६ घण्टा खट्नुपर्छ । त्यहाँको दुःख भनु नै काममन धेरै खट्नु हो ।
स्वदेशमा आएर विदेशमा गरेको समयको काम नेपालमा वसेर वस्दा गर्दा पनि कमाई गर्न सकिन्छ कि भनेर पानी ओसार्ने ट्याङ्की दुई विगत वर्षको समयदेखि हालसम्म बहुत मेहनतका साथ चलाउँदै छ । नेपालमै बसेर आफैले स्वरोजगार लिने अवसर लियो । पानी ट्याङ्कीमा पानी अर्डर अनुसार घघरमा पु–याउदै हुनुहुन्छ । अहिले पनि खान लाउन राम्रो मिठो खान्छु भनेर समय मिलाउन गाह्रो छ ।
घर वनाउनु भयो? घर वनाए छाप्रो हो । विदेशका र भएको जग्गा बिक्री गरी बल्ल । ट्याङ्कर पनि खरिद गरियो भन्दा ट्याङ्कर खरिद गरियो, ऋण लिएर । ऋृणको व्याज तिर्न ठिक्क । कर महँगो छ, दुःख गरी खानलाउन गाह्रो छ । लकडाउन छ , व्यापारी र व्यवसायीलाई जिवन धान गाह्रो छ ।
परिवारले विदेश वस्दा फोन गरेको थियो ? घरमा ठिकै छ । घरको पिर नलेऊ , आत्माबल बढाउने हिसावले फोन गरेको थियो । पानी ओसार्दा र पानी पु–र्याउँदा के छ ? कमाएको पैसा ऋण ३३०००, क, ६५,०००–८०,०००÷नविकरण धुवा पास , जाँचपास तिर्दा ठिक भैराख्या छ । थोरै कमाई हुन्छ । रोजगार पाएर सन्तोष छु ।
वालककालमा सिकेको सिपले हाल वर्तमानमा नाचगानको राजधानी भएर नाचगानको जर्गेना गर्दै समर्पित व्यकतित्व हुनुहुन्छ । वर्षको हरेक गाईजात्रा र इन्द्रजात्रामा जति दुःख भएनि काठमाण्डू, ललितपुर, भक्तपुरमा अन्य होटलमा सरिक भएका टोलीको सदस्य हुनुहुन्छ । साँस्कृतिक क्षेत्रमा लागेर आफ्नो परिचय दिदै आउनु भएर पनि दैनिक विहानदेखि दुई चार हजार कमाईमा लाग्नु भएको छ । साँस्कृतिक फाँटमा लाग्दै पैशालाई भन्दा जिवनको समय साँस्कृतिक महतणवलाई दिदैछ । उहाँ हसिलो फुर्तिलो र कर्मथ थलोमा हरक्षण लगनशिल भएर लाग्नु भएको छ ।
ड्राईभर पेसा कस्तो भन्दा ? ड्राईभर पेशाको जवाफमा राम्रो पेशा हो । राम्रो सोचले हेर्नेहरू धेरै छन् । हाल रोजगार र खान लाउन र घर खर्च चलाउन सहयोग मिलेको छ । आफ्नै लगानीले कसैको लाटबाट खान परेको छैन् । स्वतन्त्र रूपमा आफ्नो पेशालाई आत्मा सन्तोषका साथ हासीखुसीले पानीमा जीवन रमाईलो तवरले स्थानीय दाजुभाई छरछिमेकलाई सहयोग गर्न पाएकोमा सन्तोष नै छु भनुभयो ।
अन्तमा जसलाई चाहिन्छ खवर गर्नुस म पानी पु–र्याउन तत्पर छु । म सबैलाई नमस्कार भन्न चाहन्छु । उहाको जन्म चोछेँ टोलमा बुबा कृष्णबहादुर सुवाल र आमा कान्छी सुवालको कोखवाट जन्म भएको हो । उहाँको जन्म २०४२ साल असारको १५ गते यस घरतीमा जिवनको वकालत सुरू भएको हो । सम्पर्क ९८०३१८००५९ मा खवर र सुझाव दिनुहुन अनुरोध गरिन्छ । धन्यवाद