अन्तराष्ट्रिय तालिम केन्द्रमा सम्पन्न गरियो निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयुले युवा लक्षित कार्य प्रस्तुति कार्यक्रम
भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटरबाट सञ्चालित निओ फ्युजन ओपन रोभर÷रेञ्जर क््रयूको आयोजनामा ककनी स्थित नेपाल स्काउट अन्तराष्ट्रिय तालिम केन्द्रमा एक राते दुईदिने रोभर रेञ्जर क्याम्प सम्पन्न भएको छ । युवालाई आत्मश्वाबलम्वी बनाउने उद्देश्यका साथ स्वजीवन रक्षा तथा पर जीवनलाई सहायता कसरी गर्ने सकिन्छ भन्ने कुरालाई बुझाउन यस क्याम्पको आयोजना भएको हो ।
युवा वर्गलाई स्वदेशप्रतिको माया, कर्तव्य तथा दायित्व बोध गराउन यो रोभर रेञ्जर तालिम क्याम्प गरेको रोभर लिडर बालकृष्ण बनमालाले बताउनु भयो । तालिममा सहभागी रोभर रेञ्जरहरुले शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र स्वजीवनको रक्षार्थको सीप विकासको पाठ पढाएको हो । तालिम सहभागीहरु उक्त क्याम्पका सहभागी भई आफ्ना सामुहिक प्रतिवेदन प्रस्तुत गरेको छ । भएको रजाइ होइन नभएकोमा आफ्ना जीवन कसरी अगाडि बढाउन सकिन्छ भन्ने मुल प्रशिक्षक दिएको थियो । कार्यक्रममा स्काउट शिक्षक पुष्पा प्रजापतिले यस क्याम्पमा आफ्नो सहभागीताका साथै आफुमा निहित स्काउट शिक्षा अरुमा बाड्न पाउँदा खुसी व्यक्त गर्नुभयो । कोर समितिका अध्यक्ष तथा स्काउट शिक्षक निरञ्जन बेकोजुले युवालाई प्राविधिक ज्ञानलाई अगाडी पढाई स्वदेशमै रोजगारीको व्यवस्थापन गर्न सकिने र युवा लक्षित यस कार्यक्रममा सहभागीलाई नविनतम प्राविधिक सीपको आधारभूत सीप दिन पाएकोमा हर्षित भएको बताउनु भयो । कार्यक्रममा समुह क का संयोजक तथा सिनियर टिममेट सविन लेवाले भावी युवालाई आफूले तयार पारको २४ वटा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यस्तै समुख ख का सृजन लवजुले आफ्ना समुहले तयार गरेको युवा लक्षित शाररीक क्रियाकलाप प्रस्तुत गर्नु भयो । र समुह ग का लिडर प्रिजेन्ट कर्माचार्यले समाजमा युवाको भुमिकालाई बलियो बनाउन खेल्नुपर्ने भुमिका विषयमा कार्यक्रम प्रस्तुत गर्नुभयो । कार्यक्रममा विमद बहालाले पनि बोल्नुभएको थियो । कार्यक्रमले स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको पुरा क्षेत्र अवलोकन भ्रमण गरिएको थियो ।