विद्यार्थीहरुमा परीक्षा हुन्छ कि हुन्दैन भने अन्यौल
ललितपुर, ७ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले शिक्षक आन्दोलनलाई लिएर अभिभावकहरु चिन्तित भएकोले जायज मागहरु पुरा गर्न नेपाल सरकारसंग आव्हान गर्दै कक्षा १२ को परीक्षा यहि बैशाख ११ गतेदेखि संचालन हुन्दैछ तर विद्यार्थीहरुमा परीक्षा हुन्छ कि हुन्दैन भने अन्यौल सृजना गरेको बताउनुभयो । उहाँले भर्ना अभियानको समयमा शिक्षक आन्दोलनले कतै विद्यार्थीहरुलाई भारतमा पढाउन बाध्य पार्न खोजिएको त होइन भन्नुभयो । उहाँले बजारमा चलेको हल्ला भारतीयहरुसंग कमिशनमा त आन्दोलन भई रहेको छैन ? अथवा संस्थागत विद्यालय संघले पैसा खाएर आन्दोलन गराई रहेको त छैन् ? भने व्यापक अभिभावकहरुबीच चर्चा भई रहेको बताउनुभयो । साथै गाउँ गाउँमा सिंहदवार भन्ने पार्टीका शिक्षक संघहरु आज संघीयताको मर्म वितरित र संविधानको बरखिलाप स्थानीय तहमा गएको माध्यामिक विद्यालयहरु केन्द्र अन्तर्गत राख्ने र जिल्ला शिक्षा कार्यालय पुनस्थापना गर्नु स्वायतत्ता र विकेन्द्रीकरण विरुद्ध रहेकोले अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिको ठहर रहेकोले बताउनुभयो ।
यसैलाई मध्ये नजर गरी अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी र अभिभावक संघ नेपालका अध्यष केशव पुरीले हस्ताक्षरित ध्यानाकर्षण पत्र राष्ट्रिय मानव अधिकार अयोगका अध्यक्ष तप बहादुर मगरलाई बुझाएको छ ।
उक्त कार्यक्रममा अभिभावक संघ नेपालका संरक्षक एवम् अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डरीले ५५ लाख विद्यार्थीको भविष्य अन्यौल पारेर १२ कक्षा परीक्षा, एसईईको उत्तरपुस्तिका परिक्षण ढिलो भए शैक्षिक क्यालेण्डर मै प्रभाव पार्ने बताउँदै विद्यार्थीहरुले माग पुरा गर्ने होइन तर सजाय भोग्नु परेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको मानव अधिकार खोई ? भनि प्रतिप्रश्न गर्दै शिक्षक आन्दोलनबाट बालबालिकाहरुले के सिक्छ ? यस बारे शिक्षकहरुले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मानव अधिकार आयोगले समस्या समाधानको लागि जोडदार पहल गर्न अनुरोध गर्दै सरकारलाई ध्यानाकर्षण गरी १२ कक्षाको परीक्षा कुनै पनि हालतमा रोक्न नहुने बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै तप बहादुर मगरले सबैको चासोको विषय रहेता पनि तीन जना प्रधानमन्त्रीसंग भएको वार्ता र सहमति पुरा नहुँदा अवको आन्दोलन शिक्षा विधेयक पास नभईकन नमान्ने अडानले शिक्षक महासंघलाई बोलाएर कुराकानी गर्ने बताउँदै र सरकारले तुरुन्त गर्न नसक्ने भएकोले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री र शिक्षा मन्त्रालयलाई यस विषयमा चैत २ गते नै ध्यानाकर्षण गराएको बताउँदै संबै संवेदनशील भएर पिडित विद्यार्थीहरुको मौलिक अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता चन्द्रकान्त चापागाईले १९ औं दिनमा पनि सम्बोधन नभएकोले पठनपाठन जारी गरेर शिक्षकहरुको आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै बरिष्ठ अधिवक्ता डा.नारायण प्रसाद धिमिरेले विद्यार्थीहरुको मौलिक अधिकारमा विभेद भएको बताउँदै संस्थागतका विद्यार्थीहरु अध्ययन गर्न पाउने र समुदायकका विद्यार्थीहरु अध्ययनबाट बञ्चित हुनु परेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल अभिभाभवक संघ नेपालका महासचिव रामचन्द्र सुवेदी, सहायक महासचिव रामकृष्ण प्रजापति, भक्तपुर जिल्ला समितिका सचिव आशराम सुवालको सहभागी रहेको थियो ।