राजावादीलाई वन्द कोठामा पनि कार्यक्रम गर्न रोक ?
काठमाडौं । राजावादीहरुले लोकतान्त्रिक भन्ने सरकराले आफूहरुलाई वन्द कोठाभित्र पनि कार्यक्रम गर्न रोक लगाएको बताएका छन् । राजतन्त्रको पक्षमा वकालत गर्दै आएको नागरिक विद्रोह नामक संस्थाले शनिबार राजधानीमा गरेको कार्यक्रमका वक्ताहरुले कार्यक्रम यसअघि होटेल प्यागोडा जमल काठमाडौंमा निर्धारण गरिएको तर त्यहाँं प्रशाशनले कार्यक्रम गर्न रोक लगाएको बताए ।
त्यसपछि डिल्लीबजार भोजन गृहमा कार्यक्रम गरिएको थियो । तर गृहका सञ्चालक भरत वस्नेतले त्यहाँ पनि कार्यक्रम नगर्न प्रशाशणले आदेश दिएको मञ्चमार्फत् सवैलाई जानकारी गराएका थिए । तर त्यहा भने जवरजस्त कार्यक्रम गरेको कार्यक्रम संयोजक रञ्जन खनालले बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली, राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, कार्यबाहक संयोजक प्राज्ञ डा जगमान गुरुग, पत्रकारद्धय प्रेम कैदी, जीवराम भण्डारी, चैत १५ गते वानेश्वरमा भएको आन्दोलनमा मृत्यु भएका पत्रकार सुरेश रजकको मृत्युको विषयमा नागरिकहरुकोतर्फबाट गठित छानविन समितिका संयोजक देवेन्द्र श्रेष्ठ (नेपाली), राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष डा तारानाथ लुइँटेललगायले बोल्नुभएको थियो ।