रामपालजी महाराजका अनुयायीहरुमाथि अभद्र व्यवहार गरेपछि ....


2025-02-26 06:20:55

News Image

काठमाडौं । जगतका तारणहार, सनातन धर्मका असली हितैषी जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजका अनुयायीहरूको आयोजनामा हिन्दुहरूको महान पर्व शिवरात्रीको पावन अवसरमा जय बागेश्वरी, रातोपुल, बत्तीस पुतली, गौरीघाट, गौशाला, तिलगंगा, पिङ्गलास्थान परिसर वरपर एक पुस्तक सेवा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा “गीता तिम्रो ज्ञान अमृत“, “हिन्दू धर्म महान“ , “जिउने मार्ग“ , “ज्ञान गंगा“ , “आध्यात्मिक ज्ञानको गोला“ लगायतका पुस्तकहरु रु.१५ ÷– एवं निःशुल्क रुपमा सेवा गर्न हजारौंको सङ्ख्यामा त्यहाँ उपस्थित भएका देखिन्थे । सडक वरिपरि छेउ– छाँऊमा हात– हातमा पुस्तक बोकेर प्रचारप्रसार गर्दै उभिएका महिला, पुरुष, युवा, वृद्धवृद्धाहरूको बाक्लो उपस्थिति रहेको पनि देखिएको थियो । 
यसैक्रममा हिन्दू सम्राट सेना नामक संस्थाको हवाला दिदैँ एकहुल जमात त्यो कार्यक्रमलाई बिथोल्न र सन्त रामपालजी महाराजका अनुयायीहरूले बोकिराखेका पुस्तकहरू जलाउने एवं महिलाहरूमाथि हातपात गर्दै अराजक गतिविधि गर्दै हिँडेको अवस्थामा पक्राउ गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । त्यो जमातलाई अनुशासित रूपमा पुस्तक बिक्रीवितरण गरिरहेका महिला सज्जन बृन्दहरूलाई धम्क्याउने, पुस्तक छिन्ने, जलाइदिने गरेको आरोप लगाइएको छ ।
यसैक्रममा जिल्ला प्रहरी परिसर भद्रकाली एवं स्थानीय तहबाट पूर्व स्वीकृति लिई गरिएको उक्त कार्यक्रमलाई एक जमातले बिथोल्ने र आफ्ना अनुयायीहरुलाई गलत नियतका साथ दुःख दिने कार्यको घोर भत्र्सना गर्दै शास्त्र अनुकूल भक्तिको जानकारी गराउन ४ वेद, ६ शास्त्र, १८ पुराण, ११ उपनिषद लगायतका हिन्दू धर्मका पवित्र ग्रन्थहरूबाट प्रमाणित ज्ञानहरूको जानकारी दिलाउन आएकोमा केही गलत व्यक्तिहरूले नाजायज फाइदा उठाउन खोजेको आयोजक “पूर्ण ब्रह्म कवीर उपासक समाज नेपाल“ संस्थाका रमेश दास ले जानकारी दिएका छन् ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *