चिनी निकासीमा अनुसन्धान गर्न माग
साउन १७, २०७७, शनिबार | विहान ०६:१७ बजे | 30
चिनी निकासीमा अनुसन्धान गर्न माग
काठमाडौं । बिगत तीन हप्ताको दौरानमा भारतको उत्तर प्रदेशबाट नेपालमा चिनी एक सय ५० हजार मेट्रिक टन निकासी भएको र ४८ हजार मेट्रिक टन नेपालको भन्सार नाकाबाट आयात भएको देखिएको तर बांकी एक सय दुई हजार मेट्रिक टन चिनी अबैध तरिकाले आयात भएको प्रवल सम्भावना भएको अनुसन्धान र छानविन गरी कारवाहीको लागी राष्टिय उपभोक्ता मञ्च केन्द्रले प्रधानमन्त्रीलाइ सम्बोधन गरी उजुरी निवेदन गरेको छ । अध्यक्ष प्रेमलाल महर्जनले यसबारे जानकारी दिएका हुन् ।
[[img2]]