घिन्ताङघिसीमा कोरोना लाग्ला


साउन १७, २०७७, शनिबार | विहान ०५:०२ बजे | 45


कुमार लघु
म त यसपालिको गाईजात्रामा जान्न
कोरोना नजिक आउला,लाग्ला भनेर
गाईजात्रामा हुलमूल हुन्छ है जानू हुदैन्
निरोगी वा रोगी गाईजात्रामा जान्नु हुन्दैन् ल
कोरोनावाट वचन भौतिक दूरी कायम गरौं
कोरोना विभिन्न माध्यमले सर्न सक्छ
आआफै सतर्क हुन सिक्नु पर्छ
जहाँजता वसेनी आत्मावल वढाउनु पर्छ
कोरोनालाई हेलचेक्राई पटकै नगर्नु
सर सफाई हुनु अति जरूरी हुन्छ नै
जे जेस्तो रोगसित सतर्क हुन सिक्नु
यो पूर्खाको सन्देस सम्झनु नेपालीले
कोरोना विश्र्वको अज्ञात,अदृष्य र
अघोषित मानव विरूद्धको युध्द हो
यसवेला हुलमूलमा जिऊ जोगाउनु
अनिकालमा विऊ जोगाउनु नि
जो कोहीले होसियारी लिनै पर्ने भैसक्यो
घिन्ताङघिसीको सम्झना अनुरोध थियो
आफ्ना वितेका आफन्तको सम्झना गर्न नी पर्छ
नेवार समूदायको घिन्ताङघिसीको ठूलो महत्व छ
घिन्ताङघिसी नौ दिनसम्म चल्ने हुन्छ
ख्याल,नाटकले समाजमा प्रशिक्षित गर्नेछ
घिन्ताङघिसीवाट धेरै कुरिती भएको थाहा लिने
 घिन्ताङगिसी एउँटा  राजनैतिक दवु हो
समाजका सदस्य जो पनि सहभागि हुन्थो
अहिले टाढा नजिकवाट सहभागी नहोऔं
समाजमा त्रास फैलिने हुन्दा सतर्क होऔ
जीवन भए लाखौ यस्ता पर्व मनाउने आउँछ ।

Comments