सहरको कथा ः शुभद्रा श्रेष्ठ लघुको कथा
कुमार लघु
हामी सबैलाई चाहिने लुगाफाटो सिलाउने महिला शुभद्रा श्रेष्ठ लघुको लघु टेलर्स व्यासीस्थित वडा नं ः–२ मा छ ।
यो लघु टेलर्समा विभिन्न आधुनिक युवती, महिला दिदी बहिनीहरूलाई चाहिने वस्त्र सिलाई हुन्छ ।
उहाँले स्कूलमा, कलेजमा होम साईन्स, डिजाईनिङ्गमा तालिम र सिटिभितीमा फ्री एक वर्ष वस्त्र सिलाईको परिपक्व तालिम लिएर लुगा सिलाउने व्यवसायमा ढुक्कसित टेलर्स पसल खोलेर लाग्नु भएको १५–२० वर्ष बिताइ सक्नुभएको छ ।
लुगा सिलाउने र खाना पकाउने क्रममा होम साईन्स लिई पढेको तालिम लिएर आत्मा विस्वासका साथ कर्मथलोमा लगनशिल भएर दैनिक कर्ममा निरन्तर लागिरहनु भएको साहसी महिला शुभद्रा श्रेष्ठ लघु हो । उहाँले धेरैलाई सिलाई प्रसिक्षण पनि दिनुभएको अनुभव सनाउनुभयो । तालिममा पन्जा, टोपी ,गलवन्दी र रूमाल आदीको सिकाईले आर्थिक चाजोपाजोले घर गृहस्थीमा सहयोग गरेको बताउनु भएको थियो । यसले पनि खानलाउन ठिकै थियो । सिलाई र वुन्ने कामले गर्दा खुसी हुने अवसर पाइयो उनलाई । सिलाई र वुन्ने काम सिकेर सिपयुक्त भएपछि जाने वेलामा मुसुक हाँसेर धन्यवाद भनेर भन्नू हुन्थो भनेर भनुभयो । आर्थिक क्षेत्रमा सघायो । त्यसले गर्दा आर्थिक पक्षमा मद्दत गरे ।
शिक्षामा नेपाल आदर्श स्कुल काठमाण्डौमा अध्ययन गरेको, त्यसपछि होम साईन्स भएको कलेजमा पढ्दै सिटिभिटीमा फ्री तालिम लिई डरोसित आत्मा गौरवकासाथ फेसन डिजाइनका साथ आफूलाई ढुक्क वनाई व्यवसायी गर्नुभएको पायौँ । दस वर्षआगाडि नै मासिक दस हजार तिरेर आफ्नो सीप वेलैमा हात पार्नु भएकोले उहाँ निरन्तर खटेर आफ्नो व्यवसायमा लागिरहेको हुनुहुन्छ । हातमा काम भयो भने जस्तोसुकै वेला आपत पर्दा कसैको हाहाहुहुमा लाग्न नपर्ने हुन्छ । आफ्नै आम्दानीले आफ्नो खानपिन मज्जाले जोरजाम्म गरी जीवन निर्वाह गर्न सकिन्छ भने विस्वासमा लिन हुनुहुन्छ । यही नै सिलाई गरेर आर्थिक आर्जन गर्ने उद्देश्य बोक्नुहुन्छ ।
उहाँको विवाह २०४९ सालमा किसान परिवारमा श्रीमान् सुरेन्द्र लघुसित २८–२९ वर्ष अघि भएको थियो । अहिले उहाँको श्रीमान् ,छोराछोरी र सासूससुरा आनन्दले परिवारमा समय बिताइरहेको हुनुहुन्छ ।
टेर्लिङ्गको सुख र दुः ख पक्ष सोध्दा सुख नै छ, दुःख पक्ष केही छैन भन्नुहुन्छ उहाँं । १५–२० वर्षदेखि सिलाईमा निरन्तरता दिइरहेको महिला हुनुहुन्छ उहाँं । सिलाईमा लागेर घरवारी जुराउनु भयो कि ? भन्दा खासै त्यस्तो केही गर्न सकेको छैन । छोराछोरीलाई बल्लबल्ल शिक्षा दिनलाई सहयोग यो लुगा सिलाईले मिलेको छ ।
यहाँ गाऊन, लेङ्गा, वानपिस र सारीमा फल्स हाल्ने हुन्छ । भक्तपुर व्यासीमा नाम चलेको र टाढाटाढावाट दिदी बहिनीहरू वस्त्रहरू सिलाउनको लागि आईरहेको हुन्छ ।
अरू ठाउँमा जाऊजाऊ लागेन भनेर प्रस्न गर्दा जाऊजाऊ त लाग्छ तर यो परिवारको मद्दतले चल्ने भएर जाऊ भने पनि जान नसकिने रहेछ भन्नुहुन्छ । काम त मज्जाले चलिरहेकोछ । लेङ्गा, गाऊन र वानपिस त बहुतै सिलाई र भ्याईनभ्याई भैरहेको छ । सामानमा पैसा जति हाले पनि पुग्ने भएन । पँुंजी अनुसार नाफा फर्किएन् ।
शुभद्रा बहिनीले लेङ्गा,गाऊन, वानपिस र सारी एमरोडी गर्ने र वोर्डर पनि राखिन्छ । कुनै दिदी बहिनीहरूलाई डे्स सारीहरू राख्न परेमा व्यासी लघु टेलरिङ्गमा फोन गर्न सकिन्छ । फोन नम्वर ढडद्धढद्धद्दछडढघ हो ।
दशै तिहारमा राम्रो व्यापार हुन्छ । परिवारको सहयोग राम्रै छ । यसले नूनतेल्, सामाजिक व्यवहार र घर खर्च चलेको छ । व्यवसाय कसैले छोड्नु भने पनि म छोड्नेवाला छैन भन्नुहुन्छ उहाँं ।
उहाँलाई यहाँको स्थानीय महिला दिदीबहिनीहरूको औधि माया लागिसक्यो । महिला दिदी बहिनीहरूसित माया गाँसिसक्यो र परिचय हजारौसित भै सक्यो । स्थानीयसित सेवा भावले आफ्नै घरमा पसल जीवन निर्वाह गर्दै गरेको नरम सहयोगी भावना र मिलनसारी व्यक्तित्व र इमान्दार सफल व्यवसायिक हुनुहुन्छ ।
अन्तमा उहाँको आमाको परिचय रूक्मणी श्रेष्ठ र बुबा कुलबाहादुर श्रेष्ठको कोखवाट २०३३ साल ८ महिना र १२ गते जन्मनु भएको काठमाडौ भोटाहिती नघलमा । उहाँका व्यवसाय फूलोस् फलोस् , प्रगित भएर जाओस् । धन्यवाद ,