मेरो शिक्षण यात्रा अनुभव
कृष्णप्रसाद धन्छा
मानव जीवन यात्रा बालक बेलादेखि शुरु हुन्छ । बाल्यकालबाट नै स्कुले जीवनको शुरुआत हुन्छ । आज भोलि स्कुले जीवन कक्षा १२ सम्म रहन्छ । त्यस पछि मात्र कलेज जीवन, पेशा, व्यवसाय वा सेवामा पाइला टेक्छ । मेरो जीवन यात्रामा भने कक्षा १२ पुरा नहुँदै शिक्षण सेवामा हात हाल्नुप¥यो ।
वि।सं। २०४१ श्रावण १२ गतेबाट वागीश्वरी स्कूलमा वाणिज्य गणित पढाउन शुरु गरेँ । अचानक वागीश्वरी स्कूलमा कक्षा ९ र १० मा ऐच्छिक विषय वाणिज्य गणित पढाउने शिक्षकले छोड्नुभएको रहेछ । तत्काल त्यस विषय पढाउने शिक्षकको खोजी गर्दा ज्ञानसागर सर र मोहन सरले मलाई रोज्नुभयो । आंशिक शिक्षकको रूपमा दिनको दुई पिरियड पढाउने गरी बिहान शिक्षक सेवा गर्थेँ । दिउँसो कक्षा ११ को पढाई हुन्थ्यो । शुरुमा विद्यार्थीहरूबाट वाणिज्य सरको उपाधि पाएँ । पछिल्लो वर्ष ऐच्छिक गणित र अनिवार्य गणित पनि पढाउनुपर्ने भयो । तेस्रो वर्षमा विज्ञान पढाउने जिम्मा दिइयो साथै लेखा विषय पनि । कक्षा ९ र १० का अङ्गे्रजी र कम्प्युटर विषय पनि पढाएँ । कम्प्युटरमा डिप्लोमा गरेपछि ऐच्छिक कम्प्युटर विषय पनि पढाएँ । वि।सं। २०५३ र २०५४ साल २ वर्ष श्रमिक आदर्श मा।वि। ब्यासीमा बिहानको सत्रमा पनि लेखाशास्त्र विषय पढाएँ । बिहानी सत्रमा नै वि।सं। २०५० सालमा नमूना मछिन्द्र क्याम्पस लगनखेलमा कक्षा १२ को वाणिज्य गणित पनि पढाएँ । कक्षा ९ र १० का विभिन्न विषयमा अध्यापन गर्ने जिम्मा पाएकोले अध्ययनशील बनायो । सफल शिक्षक बन्ने अभिलाषा पूरा गर्न काठमाडौँका विभिन्न पुस्तकालय धाउन थालेँ । ब्रिटिस काउन्सिल, अमेरिकन लाइब्रेरी, जनज्योति पुस्तकालय र भारतीय राजदूतावासको पुस्तकालयमा सदस्य बनँे ।
स्थानीय टोल टोलहरूमा पनि वाचनालय र पुस्तकालय खोल्ने अभियान शुरु भयो । सूर्यमढी पाटीमा प्रगति पुस्तकालय सञ्चालन गर्ने कार्य समितिमा सचिवको जिम्मेवारी दिइयो । प्रगति पुस्तकालयको लागि पुस्तक सङ्कलन गर्ने सिलसिलामा दूतावासबाट सञ्चालित पुस्तकालयहरूमा पनि धाएको थिएँ । पुस्तकालयहरूमा दैनिक तथा साप्ताहिक पत्रिकाहरूका साथै चीन सचित्र, कोरिया टुडे र रुसी ९सोभियत भूमि० समाचार पत्रहरू उपलब्ध हुन्थ्यो । स्थानीय टोलका पुस्तकालयहरू साँझ खुल्थ्यो । तर पुस्तकालय आउने सबै मानिसहरूलाई पढ्न आँउदैनथ्यो । हामी विद्यार्थीहरूले वाचन गरेर सुनाउनुपथ्र्यो । यसरी पत्रिका वाचन अर्थात् समाचार भन्ने कामले गर्दा पनि विद्यार्थी हुँदै शिक्षक बन्न सजिलो भयो । पुस्तकालयबाट पत्रिका तथा पुस्तकमात्र लेनदेन गरेर नपुग्ने रहेछ । पुस्तकालयको आकर्षण बढाउन खेलकुद तथा सामाजिक गतिविधि पनि सञ्चालन गरियो ।
कबड्डी प्रतियोगिता, टेबुलटेनिस प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, साहित्य गोष्ठी, जुवा–तासविरोधी आन्दोलन, सरसफाइ तथा वृक्षरोपण कार्यक्रम र संस्कृति मनाउने नाममा विकृतिविरुद्धको ¥याली आदि हाम्रा कार्यक्रम हुन्थे । पुस्तकालयअन्तर्गत खेलकुद समिति गठन गरेर प्रतियोगिता आयोजना र सहभागी जनाउने कुरा उठेपछि स्थानीय खेलकुद समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हालेँ । यस जिम्मेवारीले गर्दा विद्यालयमा विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सरिक बनाउन सजिलो भयो ।
वर्षमा १ पटक आयोजना हुने तत्कालीन वीरेन्द्र शील्ड प्रतियोगिता हाल नगर खेलकूद गतिविधिमा शिक्षकको हैसियतले विद्यार्थीहरूलाई सहभागी गर्न सजिलो भयो । यही कारणले होला भक्तपुर नगरपालिका अन्तर्गत रहेको वि।सं। २०४१ सालमा गठित नगर खेलकुद समितिमा उपाध्यक्ष र वि।सं। २०४९ सालमा गठित नगर खेलकुद समितिमा सदस्य सचिवको जिम्मेवारी पनि सफलतापूर्वक निभाएँ । विद्यालयमा, स्थानीय पुस्तकालयमा र नगरपालिकाको खेलकुद समितिमा र यसै सामाजिक क्षेत्रमा सक्रिय भएकोले विद्यार्थीहरूबाट मायापूर्वक “धन्छा सर” को उपाधि पाएँ । कक्षा १० को वार्षिक परीक्षा अर्थात् तत्कालीन एस।एल।सी। परीक्षाको तयारी कक्षा धेरै लोकप्रिय थियो । जिल्लाको सदरमुकाममा सञ्चालन हुने एस।एल।सी तयारी कक्षामा अनुभवी शिक्षकहरूलाई अध्यापन गर्न दिन्थ्यो । मलाई पनि लेखाशास्त्र विषयको अध्यापन गर्ने अवसर मिल्यो । आफ्नै घरमा र साथीहरूको घरमा ट्यूसन इन्स्टिच्यूट खोलेर पनि एस।एल।सी।देखि स्नातक तहसम्म विभिन्न विषयहरुमा टुयूसन पढाउन थालेंँ । आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरीलाई निःशुल्क टुयूसन पढाउँथँे । आफू सरह उमेरका र साथीहरूलाई पनि ट्यूसन पढाएँ । त्यसबाट पनि आफ्नो शिक्षण सेवालाई सुधार्ने मौका मिल्यो । साथै धेरै विद्यार्थीहरूले उच्च श्रेणीमा माध्यमिक तथा उच्च शिक्षा हासिल गर्न सफलता प्राप्त गरे । आफ्ना विद्यार्थीहरूले चिकित्सा, इन्जिनियरिङ्ग, समाज सेवा, व्यवसाय र अन्य क्षेत्रमा पाएको सफलताले हामी शिक्षकहरु ज्यादै उत्साहित हुन्थ्यौँ ।
वि।सं। २०५६ सालतिर को कुरा हो । भक्तपुरमा १०ं२ दश जोड दुई कक्षा सञ्ंचालन गर्ने चर्चा चल्यो । शुरुमा भक्तपुर नगरपालिकाले कुनै सामुदायिक विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन गर्ने वा दश जोड दुई कक्षा सञ्चालन गर्ने विद्यालयलाई सहयोग गर्ने कुरा थियो । शिक्षा क्षेत्रमा पछि परेको भक्तपुरलाई एक घर एक स्नातकको अभिभारा आइलाग्यो । अन्तमा भक्तपुर नगरपालिकाअन्तर्गत भक्तपुर नगरपालिकाले ख्वप उच्च मा।वि। नाम राखी आफैले दश जोड दुई कक्षा सञ्चालन ग¥यो । तत्कालीन ख्वप उच्च मा।वि। को व्यवस्थापनतर्फको इन्चार्ज शिक्षकको जिम्मेवारी दिइयो । पाँच वर्षसम्म ख्वप उच्च मा।वि। मा काम गरेपछि वागीश्वरी मा।वि।ले दश जोड दुईको सम्बन्धन पाएपछि मैले कोअर्डिनेटर शिक्षकको जिम्मेवारी निभाएँ । वागीश्वरी माध्यमिक विद्यालयले स्नातक तहको कक्षा सञ्चालन गरेपछि प्राचार्यको पनि जिम्मेवारी निभाएँ । दश जोड दुईको लेखाशास्त्र, अर्थशास्त्र र वाणिज्य गणितको अध्यापनको साथै स्नातक÷स्नातकोत्तरको लेखाशास्त्र अध्यापन गर्ने अनुभव प्राप्त गरेंँ ।
वि।सं। २०४५ सालको भक्तपुर काण्डमा मलाई पनि अभियुक्त बनाएकोले भूमिगत हुनुप¥यो । तत्कालीन ने।म।कि।सं।लाई समूल नष्ट गर्ने तानाशाही पञ्चायती व्यवस्थाले षडयन्त्र रच्यो । व्यापक दमन र धडपकडले गर्दा मैले भक्तपुर छोडेँ । तत्कालीन वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेलसँग अदालत हाजिर हुन जाने वा नजानेबारे कानूनी सल्लाह लिन गएँ । “६ वर्षसम्म हाजिर हुन नजानू, ६ वर्षभित्रमा नै पञ्चायती व्यवस्था हट्ने सम्भावना छ । धेरै अप्ठ्यारो भएमा काठमाडौँ उपत्यका बाहिर जानु ।” उहाँले भन्नुभयो । साथीहरूसँग सल्लाह गरी म हेटौडा गएँ । हेटौडामा नोकरी गरिरहेको एक जना दाइले निवुवाटार अङ्ग्रेजी स्कुलमा प्रिन्सिपलको लागि जानू भन्नुभयो । तर त्यहाँ कुरा मिलेन । पछि सङ्गमचोकस्थित हेटौडाको ज्ञानोदय बालबालिका बोर्डिङ्ग सेकेण्डरी स्कूलमा आफ्नो नाम, थर र ठेगाना बदलेर शिक्षण सेवा गरेँ । त्यस स्कुलमा विभिन्न विषयमा दुई शैक्षिक वर्ष अध्यापन गरेँ ।
भक्तपुर काण्डलगायत अनेक काण्डहरूबाट पञ्चायती व्यवस्था बदनाम भयो । वि।सं। २०४६ को जन आन्दोलनबाट पञ्चायती व्यवस्था ढल्यो । नव गठित अन्तरिम सरकारले भक्तपुर काण्डको मुद्दा फिर्ता लियो । वागीश्वरी मा।वि। मा पसेका पञ्चे शिक्षकहरूले स्कुल छोडेर गए । मोहन सरको नेतृत्वमा स्कुललाई व्यवस्थित रूपबाट सञ्चालन गर्ने कुरा उहाँले फोनबाट मलाई भन्नुभयो । उहाँको सुझावअनुसार हेटौडाबाट फर्केर वागीश्वरी स्कुलको शिक्षण सेवामा सरिक भएँ । वागीश्वरी मा।वि। मा गुणस्तरीय शिक्षा प्रदान गर्न मोहन सरको नेतृत्वमा हामी शिक्षकहरूले धेरै मेहनत ग¥याँै । अंग्रेजी माध्यममा कक्षा सञ्चालन ग¥यौँ । पूर्व प्राथमिक कक्षाहरु प्ले ग्रुप, नर्सरी, जेकेजी र एसकेजी कक्षहरूमा २० विद्यार्थीहरु बराबर २ शिक्षिका र १ आयाको व्यवस्था ग¥यौँ । पूर्वप्राथमिक कक्षाका विद्यार्थीहरुलाई खाजाको व्यवस्था ग¥र्यो । शिक्षक कर्मचारीका छोराछोरीहरुलाई विद्यालयमा पढाउनु पर्ने नियम ल्यायौँ । ज्ञानसागर सरको संयोजकत्वमा गठीत प्राथमिक तह नयाँ व्यवस्थापन समितिले गर्दा विद्यार्थी सङ्ख्या बढ्यो । यसले वागीश्वरीलाई सफल विद्यालय बनायो ।
वि।सं। २०६१ देखि विज्ञान, व्यवस्थापन र मानविकी विषयमा वागीश्वरीले दश जोड दुई कक्षाहरू सञ्चालन ग¥यो । दुई वर्षपछि शिक्षा विषयमा पनि कक्षा ११÷१२ सञ्चालन भयो । वि।सं। २०६४ देखि कलेज तहमा स्नातक तहका कक्षाहरु सञ्चालन भए । वि।सं। २०६९ देखि सिटिईभिटिको सम्बन्धनमा प्रि– डिप्लोमा र २०७२ देखि डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गका कक्षाहरू सञ्चालन भए । वि।सं। २०६७ देखि मा।वि। तह खुला र नि।मा।वि। तह खुला विद्यालयका कक्षाहरू सञ्चालन भए । वागीश्वरी मा।वि। कै भवनमा भक्तपुर जिल्लाभित्र अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीहरुको लागि छात्रवृत्ति वितरण गर्ने लेखाजोखा केन्द्र स्थापना भयो । यसरी वागीश्वरीमा स्थापना भएका विभिन्न कार्यक्रमहरूले अपेक्षित सफलता प्राप्त गर्दा हामी शिक्षकहरु अझ उत्साहित भयौँ । ती कार्यक्रमहरू सञ्चालन गर्न स्कुललाई ठाउँको अभाव भएको बेला शिक्षकहरूको चौमासिक निकासा लगानी गरी थप जग्गा खरिद ग¥यौँ । शिक्षकहरुको सञ्चय कोषमा रहेको निजी रकम विद्यालयले सापटी लिई नयाँ भवनहरू निर्माण ग¥यौंँ ।
आज वागीश्वरी मा।वि।मा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन भैरहेको छ । प्राविधिक शिक्षाअन्तर्गत इभेन्ट परियोजना दोस्रोले नमुना विद्यालय मापदण्डका आयोजना लागू गरिरहेको छ । वागीश्वरी कलेजलाई “गुणस्तर सुनिश्चितता तथा प्रत्यायन” अर्थात त्तब्ब् मान्यता दिने प्रकृया अन्तिम चरणमा छ । जिल्ला आयोजना कार्यान्वयन एकाइले दुई वटा भवनहरू निर्माण गरिरहेको छ । हरेक वर्ष ९÷१० जना विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा एमवीवीएस, वीडीएस, वीएन, वीई तथा विभिन्न विषयमा प्रवेश परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्न सफलता प्राप्त गरेका छन् । आफूले अध्यापन गरेको शिक्षण संस्थाले सफलता पाउँदै गर्दा कुन शिक्षक हर्षले प्रफुल्लित नहोला रु तर “गुणस्तर” भनेको समय सापेक्ष कुरा हो । यसको लागि हामी शिक्षकले अझै मेहनत र सङ्घर्ष गर्न आवश्यक छ । अझ भक्तपुर जिल्लामा सर्वाधिक विद्यार्थी सङ्ख्या रहेको विद्यालय संचालन गर्नु कम चुनौतिपूर्ण छैन । साथै सहकर्मी प्रधानाध्यापक तथा शिक्षकहरूको तर्फबाट कम आलोचित छैन । सामुदायिक विद्यालयमा निरन्तर आकर्षण कायम राख्नुपर्ने वागीश्वरीलाई पनि चुनौती रहेको छ । यद्यपि अधिकांश शिक्षक साथीहरूको सद्भावप्रति हामी आभारी छौँ । एन।जि।ओ। र आइ।एन।जि।ओ। संलग्नता नराख्न शुरूदेखिको आग्रहलाई हामी शिक्षकहरूले स्वीकार गरी हामी अघि बढिरहेका छौँ । शिक्षकका सन्तानहरूलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने, पढाउने र सक्षम बनाउने नैतिक दायित्व वागीश्वरीले निभाउँदै आएको छ । देश र जनताको सेवा गर्ने, समाजलाई सकारात्मक परिवर्तनतर्फ डो¥याउने र उच्च शिर राखी सार्थक जीवन यात्रा गर्ने कर्ममा हामी शिक्षकहरू सदा सफल हुन सकौँ भन्दै मेरो शिक्षक यात्रा अहिले अनुभव यही टुङ्ग्याउँछु । यात्रा जारी छ । शैक्षिक अनुभबबाट