जगातीमा परालको भुस मुनि ७२ लाख बराबरको सामान बरामद


बैशाख २८, २०८२, आइतबार | दिउँसो ०१:१३ बजे | 75


जगातीमा परालको भुस मुनि ७२ लाख बराबरको सामान बरामद

आज आइतबार विहान १०ः३० बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती स्थित चेकप्वाइन्टमा साँगाबाट काठमाण्डौंतर्फ आईरहेको बा. ४ ख. ७६० नम्बरको सेतो रंगको टाटा कम्पनीको ट्रकमा भन्सार छली चोरी पैठारी गरी कपडा समेतको सामानहरु ओसार पसार हुदै छ भन्ने जानकारी प्राप्त भए पश्चात प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा. ४ ख. ७६० नम्बरको ट्रकमा परालको भुस लोड गरी भुस मुनिपट्टी भन्सार चोरी पैठारी गरी ल्याएको सामान बरामद गरेको छ । कुर्ता सुरुवाल, धाराको पार्टपुर्जा लगायतका अन्दाजी मुल्य रु. ७२,००,०००।– (बहत्तर लाख) रुपैया बराबरको सामाग्रीहरु, सवारी साधन र चालक दोलखा कालिन्चोक गाँउपालिका वडा नं. २ बस्ने वर्ष ४७ को लक्ष्मण थामीसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  
निम्नः–
१.    कुर्ता सुरुवाल – ३८८७ थान,
२.    पाइन्टको कपडा – ३२ रोल, 
३.    सर्ट – ३५६ पिस, 
४.    सर्टको कपडा – २८० रोल, 
५.    ब्लाउज – १८७५ पिस, 
६.    पर्दाको कपडा – ९९ रोल, 
७.    साडी – १५९ पिस, 
८.    धाराको पार्टपुर्जा – ३९८ पिस, 
 

Comments