नेपालभाषाको पत्रकारिता यात्रा १ सय १ वर्षमा


बैशाख २८, २०८२, आइतबार | विहान ११:१७ बजे | 55


नेपालभाषाको पत्रकारिता यात्रा १ सय १ वर्षमा

नेपालभाषाको पत्रकारिता शुरुआत भएको १ सय १ वर्ष पुगेको छ। ललितपुर महानगरपालिका– ९ स्थित सप्तपुर महाविहारमा जन्मिनुभएका धर्मादित्य धर्माचार्य (जगतमान वैद्यं) ले ने.सं १०४५ अर्थात् १९८२ सालमा बुद्धजयन्तीकै दिन भारतको कलकत्ताबाट बुद्धधर्म नामक नेपाल भाषाको पत्रिका प्रकाशन गर्नुभएको थियो। सो पत्रिका नेपाल भाषाका पहिलो पत्रिका रहेको छ।त्यतिबेला नेपालका प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेर हुनुहुन्थ्यो।बुद्धधर्मको नाउँबाट दुई अंक, बुद्ध धर्म नेपालभाषाको नाउँमा एक अंक र बुद्ध धर्म र नेपालभाषाको नाउँमा सात वटा अंक गरी १० वटा अंक प्रकाशन भएपछि प्रकाशनले निरन्तरता पाउन सकेन।यद्यपि नेपालभाषाको पत्रकारिताको शुरुआत गरिदिएको अध्येयता नरेशवीर शाक्यले बताउनुभयो। समाजसुधार, भाषासेवी र बुद्धधर्मको जागरणका लागि जगमान वैद्यले नेपालभाषाको माध्यमबाट पत्रिका प्रकाशन गरेर जुन योगदान दिनुभएको छ, त्यो देन सदैव स्मरणीय रहेको पनि शाक्यको भनाई रहेको छ । ‘ राणाहरुले नेपालभाषामा पत्रिका प्रकाशन गर्न नदिएपछि जगतमान वैद्यले भारतको कलकत्ताबाट पत्रिका प्रकाशन गर्नुभएको थियो। त्यति बेला भारत बेलायत साम्राज्य अन्तर्गत थियो।त्यतिबेला उहाँले नेपालभाषाबाट अरुलाई लेख्न लगाउन पत्रिका प्रकाशन गर्नुभएको थियो।’ भाषाआयोगका सदस्य सुरेशकिरण मानन्धरले भन्नुभयो।त्यस पत्रिकाले नेपालभाषा, बुद्धधर्म, राजनीतिक ,सामाजिक चेत र साहित्यको उत्थानमा ठूलो टेवा पु¥याएको उल्लेख गर्दै त्यसले समाजका विविध क्षेत्रको हितका लागि पत्रकारिताको भूमिका स्थापित गराइदिएको पनि मानन्धरको भनाई रहेको छ । ‘भाषा, साहित्य, धर्म र सामाजिक जागरणका लागि पत्रकारिता भूमिका महत्वपूर्ण स्थापित गर्नुहुने धर्माचार्यको योगदानबाट प्रेरणा लिएर आजका पत्रकारहरु अघि बढ््नुपर्ने खाँचो छ । ’ उहाँले भन्नुभयो। धर्माचार्यको जन्मजयन्ती, नेपालभाषाको पत्रकारिता शुरुआत भएको अवसर पारेर १० वर्षअघि मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संग सहकार्य गरेर सो दिवस मनाउन थालेको हो। यस अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले आईतबार ललितपुर महानगरपालिका– ३ पुल्चोकमा स्थित धमाचार्यको प्रतिभामा माल्यार्पण कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यमा उहाँले पत्रकारितासंगै नेपालभाषाको उत्थान, भाषा साहित्यको विकास र सामाजिक राजनीतिक चेतका लागि पु¥याउनुभएको योगदानको स्मरण गनुभएको थियो।सो कार्यमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी ,पत्रकार दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, ललितपुर महानगरपालिका – ९ का वडाअध्यक्ष राजु महर्जन, १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य सहितसञ्चारकर्मी, साहित्यकार, भाषिक अधिकारकर्मी र समाजका विविध क्षेत्रमा क्रियाशील महानुभावहरुको उपस्थिति रहेको थियो। माल्यार्पणपछि भएको ¥याली नगरका विविध भागमा परिक्रममा गरी बुबहालमा सभामा परिणत भएको थियो।सभाको उद्घाटन ललितपुर क्षेत्र नं २ का संघीय सांसद् प्रेमबहादुर महर्जनले उद्घाटन गर्नुभयो। सो अवसरमा पत्रकार, लेखक, तथा अनुसन्धानकर्ता वसन्त महर्जनलाई यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारको नगद राशि १० हजार रुपैयाँ रहेको छ । समाजसेवी तथा व्यवसायी स्वर्गीय रमेश महर्जनले स्थापना गर्नुुभएको सो पुरस्कार १० वर्षदेखि हरेक वर्ष दिदै आएको छ । सोही समारोहमा स्वर्गीय महर्जनका श्रीमती सरिता महर्जनले पुरस्कार लागि अक्षयकोष खडा गर्न ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सभाका वक्ताहरुले मातृभाषाको पत्रकारिता र पत्रकारितालाई समावेशी हुनुपर्ने सन्दर्भमा केन्द्रीत गर्दै आआफ्नो धारणा राख्नुभएको थियो।

Comments