राजालाई नजरबन्दमा राखिएको छैन
2025-05-11 14:11:22
काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई नजरवन्द नगरिएको स्पष्ट पारिएको छ । नजरवन्द गरिएको खवर हल्ला मात्रै भएको जनाइएको छ । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले यो खवरमा कुनै सत्यता नभएको बताए ।
राजा ज्ञानेन्द्र शाहलाई नजरवन्द गरिएको भन्ने केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा कुनै पनि सत्यता छैन, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्चालमा लेखेका छन्, आन्दोलन विरोधीहरुले फैलाएको सुनियोजित भ्रममा कोही नपरौं ।
सरकारका जिम्मेबार निकायले तुरुन्त खण्डन नर्ग पनि उनले माग राखेका छन् ।
प्रतिक्रिया