भक्तपुरमा थपिए एक हजार वढी मतदाता


साउन १६, २०७७, शुक्रबार | विहान ०८:०६ बजे | 55


भक्तपुर । भक्तपुरमा पछिल्लो पटक एक हजार भन्दा वढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले भक्तपुरमा नयाँ दर्ता मतदाता नामावली शुक्रबार सार्वजनिक गरेको छ । २०७६ भदौ ८ देखि २०७७ असार ३१ सम्ममा १ हजार ३ सय ७१ नयाँ मतदाताहरु थपिएका छन् । जसमा महिला मतदाता ६ सय ७३ र पुरुष मतदातामा ६ सय ९८ रहेका छन् ।
नयाँं अद्यावधिक मतदाताको क्रममा जिल्लाबाट बाहिरी जिल्ला ठाउँ सार्न परेका निवेदन संख्याः ९, बाहिरी जिल्लाबाट भक्तपुर आउन परेका निवेदन संख्याः ३९, भक्तपुर जिल्लाभित्र आन्तरिक अद्यावधिकको लागि परेका निवेदन संख्याः १८ रहेको जनाइएको छ ।
२०७६ भदौ ८ गतेदेखि सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअनुसार आ.व. २०६६।०७७ जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा निम्नानुसारको मतदाता विवरण संकलन तथा अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सुचना अधिकृत भीम बहादुर जानकारी गराए ।

Comments