भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकामा चराहरुको गणणा सुरु भएको छ । त्रिभुवन विश्वबिद्यालयका उपप्राध्यपक तथा बिगत लामो समयदेखि चराको अध्यायन गरिरहेका कमलराज गोसाईको नेतृत्वमा गणणा सुरु भएको हो ।
नगरपालिकाको मुहानपोखरी क्षेत्रमा गरेको अवलोकनम जम्मा ५३ बढी चराहरुको प्रजाति भएको बताइएको छ । सारौं, बक्कुल्ला, भंगेरा, बल्ब उलजस्ता चरा प्रजातिको संख्या सबैभन्दा धेर ैभएको अनुसन्धानको नेतृत्वकर्ता उपप्राध्याक गोसाइले बताए । अवलोकन कार्यक्रममा केन्द्रीय वातावरण बिज्ञान बिभाग        (त्रिभुवन बिश्वबिद्यालय), गोल्डन गेट इन्टरनेस्नल कलेज काठमाडौका स्नाताकोत्तर तह र विध्यावारिधि तहका विद्यार्थीहरु एव ंपंक्षी संरक्षाण सघका प्रतिनिधिहरु पनि सहाभागी रहेको बताइएको छ । यही क्रममा मुहानपोखरीमा एक अनुसन्धानमुलक कार्यक्रमको आयोजन भएको छ ।
सो नगरपालिकामा बढ्दै गएको विकास्, वायु, माटो तथा जल प्रदूषण, जङ्गलको कमी जस्ता कारणले गर्दा चराको प्रजाति र तिनका संख्या कम हुंदै गएको तीतो सत्य उपप्रध्यापक गोसाई पोख्छन् ।
अन्य जैविक बिबिधता जस्तै चरा पनि पर्यावरणको निम्ति निक्कै महत्वपूर्ण छ । परापूर्वकालदेखि चरा र मानिसबीच गहिरो नाता रहँदै आएको छ । हाम्रो वरिपरि गौथली, परेवा, भङ्गेरा, हाँस्, बकुल्ला जस्ता अनेकन चराहरु उडेको देखेका छौ । ंतर हिजोआज यी चराहरु निक्कै कम हुँदै गएको आभास हुन थालेको छ, यो चिन्ताको विषय हो, अनुसन्धानमा सहभागी टोली एकैस्वरमा चिन्ता व्यक्त गर्छन् ।
चराको संख्या कम हुनुमा हामी आफै दोषी छौ ं। बद्ढो अनियन्त्रित विकास, मानव वस्तीको बिस्तार्, मानव वस्तीबीच रहेका उध्यान र बगैंचाको कमी, बढ्दो प्रदूषण, जङ्गलको बिनाश जस्ता अनेक कारणहरुका कारणले गर्दा चराहरुको संख्या द्रुत गतीमा कम हुंदै गएको छ उनीहरु थप्छन् ।
चरा रहे मात्रै मानवको अस्तित्व रहने भएकोले यस विषयमा सवैजना गम्भीर हुनुपर्ने उनीहरुको ध्यानाकर्षण छ । त्यसैले सहरहरुमा चराको अवस्था कस्तो छ ? संख्या घटिरहेकै हो त ? भन्ने प्रश्नको उत्तर थाहा पाउन पंक्षी संरक्षण सघले केही बर्ष अघिदेखि सहरी चराको अवलोकन र अनुसन्धान कार्यको थालनी गरेको जनाइएको छ । यस क्रममा भक्तपुरको चाँंगुनारायणमा पनि सुरु भएको जनाइएको छ । सो सहरी चरा गणना काठ्माडौ उपत्यकाभरि हुने जनाइएको छ । आउंदो शनिवार यो कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।


...

All Comments.......


Please Login/Register To Comments