भक्तपुर ।  स्थापनको छोटो समयमा नै भक्तपुर इन्टरनेशन अस्पतालले मेडिकल क्षेत्रमा जटिल जटिल शल्यकृया समेत सफलताका साथ समपन्न गरिरहेको छ ।
बिरामीको आफ्नतका अनुसार दुई मेडिकल कलेज र अर्को एक अस्पतालले विरामी घर लैजानुहोस बाँच्ने सम्भावना कम छ अपरेसन गरेर पनि सफलता पाउने सम्भावना कम छ भनेको केशमा भक्तपुर इन्टरनेशनल अस्पतालले सफल उपचार गरेको हो ।
चरिकोटकी निम्वुटी जोशीको रक्तसंचारमा समस्या भएको थियो । जसका कारण उहाँको आन्द्रा कुहिन थालेको थियो ।
आन्द्रमा व्लकेज भएपछि हुने उक्त समस्याले विरामीको केही घण्टादेखि नै आन्द्रा कुहाउन सुरु गर्ने भक्तपुर इन्टरनेसनल अस्पतालका सर्जरी बिशेषज्ञ डाक्टर मिकेश कर्माचार्यले बताउनुभयो ।
उहाँका अनुसार यस्तो केशमा छिटो भन्दा छिटो अपरेसन गरेर विग्रेको भाग निकाल्नुको विकल्प छैन । तर जोशीको हकमा भने उनी पहिला नै प्यारालाइसिसबाट ग्रसित अनी उक्त समस्याका कारण तीन अस्पतालले उनको अपरेसन सफल नहुने भनेपछि परिवारले आशा नै मारेको जोशीकी छोरीले जानकारी दिनुभयो ।
तीन अस्पतालले विभिन्न चेक जाँच गरेपछि आमाको आन्द्रा कुहिन सुरु भएको छ । तर उहाँको अपरेसन सक्सेस हुने सम्भावना १ प्रतिशत मात्र भएको बताएपछि परिवारमा सन्नाटा नै छाएको थियो ।
उक्त समयमा भक्तपुर इन्टरनेशनल अस्पतालमा आमाको उपचार एवं अपरेशन गर्न डाक्टर मिकेश लगायत उहाको टिम तयार भएको र भेन्टीलेटर व्यापक पनि रहेको थाहा पाएपछि आफूहरु अस्पतालमा आमालाई लिएर आएको उहाँले सुनाउनुभयो ।
भक्तपुर इन्टरनेशनल अस्पतालले उहाँको अपरेशन गरेको केही दिनमा नै उहाँमा क्रमिक सुधार आएको परिवारले जानकारी दिएका छन् ।
अव त म बाँचेर घर नै जाने भए विरामी जोशीले बताउनुभयो । अस्पताल ल्याउँदा र तीन तीन अस्पतालले आफ्नो उपचार संभव छैन भनी घर लैजान भन्दा अव म मरे भने जस्तो भएको थियो तर यो अस्पतालले मलाई बचायो भन्दै उहाँले आफ्नो उपचारमा संलग्न सबैलाई धन्यबाद दिनुभयो ।
डाक्टर मिकेश कर्माचार्यका अनुसार यस्तो अवस्था मुटुमा रगत जम्ने जस्तो केहि समस्याका कारण हुने प्रक्रिया हो जसका कारण जमेको रगत जता जान्छ उक्त भागमा समस्या देखिन थाल्छ । यस्तो जोशीको हकमा पनि भएको हो । उहाँको आन्द्रको तीन वटा नशा नै धेरै मात्रामा व्लक भएको थियो ।
जसका कारण उहाँको आन्द्रा तिव्र गतीमा कुहिन थालेको थियो । हामीले उक्त कुहिएको आन्द्रा काटेर फालेका छौ र आन्द्राको दुवै भाग बाहिर निकालेर राखेको छ । उहाँलाई क्रमिक सुधार भएर आएपछि उक्त भाग पनि जोडेर भित्र राखिने छ ।
अपरेसन साथै अपरेसन पछि क्ष्ऋग् स्याहारका कारण उहाँको ज्यान बचाउन आफूहरु सफल भएको कर्माचार्यले बताउनुभयो ।
यस्ता यस्ता थुप्रै ठुला प्रकृतिका शल्यकृया सेवाहरु यस अस्पतालमा सफलता पुर्वक सम्पन्न भै सकेको र अबका दिनमा सरल, सुलभ, विश्वनीय , परिवारिक वातावरण मैत्री अस्पताल खोज्न काठमाण्डौ जानु नपर्ने पनि उहाले बताउनुभयो ।...

All Comments.......


Please Login/Register To Comments