एन्फाको पुस २२ गते बैठक


पुष २२, २०७८, बिहीबार | दिउँसो १२:०७ बजे | 10


एन्फाको पुस २२ गते बैठक

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को आज २०७८ पुस २२ गते बैठक हुने जानकारी प्राप्त भए पछि गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघले अपिल निकाली ललितपुरको सातदोवाटो एन्फा कम्प्लेक्समा अध्यक्ष गौतम सुजखु, उपाध्यक्ष रामकृष्ण प्रजापति र सुनिल प्रजापतिले बैठकमा सहभागीहरुलाई अपिल वितरण गर्नु भयो ।
    
अदालतमा विचारधीन विषयलाई अर्को तदर्थ समितिलाई जिल्ला लिग गर्न दिएकोमा अदालतको अपहेलना भएको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो । कानुनी राजलाई एन्फाका अध्यक्षले ध्वती लगाई दिएको अवस्थामा २१ औं शताब्दीका केन्द्रीय सदस्यहरु गुलाम हुन नसक्ने र सत्य तथ्य बोल्ने बताउनु भयो ।
    
अध्यक्ष गौतम सुजखुले हस्ताक्षर गरेको उक्त अपिलतमा १९ औं साधारण सभाले समेत तदर्थ समितिलाई अनुमोदन समेत गरेन बरु गौतम सुजखु अध्यक्ष रहेको संघलाई मान्यता दिन २७ वटा जिल्ला संघहरुले निवेदन समेत उक्त सम्मानित सभामा पेश गरेको थियो । तदर्थ समितिलाई जिल्ला लिग गर्न बिना सुचना पुस ५ गते किशोर हेका अध्यक्ष भनि पत्रकार सम्मेलन गरी जिल्ला लिग गर्ने समाचार प्रकाशित गरेकोमा घोर आपति प्रकत समेत गरेको छ । जबकी एन्फाले ६ महिना भित्र तदर्थ समिति गठन गर्ने निर्णय भएकोमा त्यसपछि गठन भएको तदर्थ समिति बैधानिक नभएको समेत उल्लेख छ ।

एन्फाका केन्द्रीय सदस्य संजिव मिश्रको आतिथ्यतामा भएको अधिवेशनले निर्वाचित गौतम सुजखुको संघले एन्फाको साधारण सभा र अधिवेशनमा सहभागी भई अहिलेका अध्यक्ष कर्मालाई नै केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको संघ कसरी अवैधानिक भयो ? साधारण सभामा एन्फाको अनियमितता र विकृति बारे कुरा उठाएको भरमा कार्यवाही हुने कस्तो दुर्भाग्य हो यो ? सत्य कुरा पनि बोल्न नदिने एन्फाका अध्यक्षको नियत मातहतका पदाधिकारीहरु र संघहरु दास बन्नुन भने चाहेको हो ? भनि उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

एन्फाको पुस २२ गते बैठक

Comments