कोदालोले
साउन १५, २०७७, बिहीबार | विहान ०८:५६ बजे | 90
कुमार लघु
जिवन भरी मेरो पुर्खाले खेत जोत्यो
अन्न छर्न वर्ष भरी कोदालो चलायो
तरकारी उमार्न कुतो र कोदालो हलायो
मकै छर्न, ड्याङ पार्न कोदालो नै हलायो
धान रोप्न माटो खन्न माटो वाउसे गर्न कोदालो
आलु रोप्न नि कोदालो नै दुई हातले माटो खने
काँक्रो,काउली र वन्दा रोप्ननी त्यही कोदालो
खेतमा कुलो खन्न लगाउन नि कोदालो लगाए
प्रत्येक किसानले काँधमा कोदालो शताव्दी वोके
कोदालो विना हुन्न खेतीपाती किसानको
जताजाऊ खेत खालीहान कोदालोको साथ
कोदालो मै मेरो पूर्खाको जिवन हुर्कक्यो
कोदालो वनाउने कामी ,अन्न फलाउने किसान
अन्न, तरकारी,वोट, बिरुवा किसानले रोप्यो
देस किसानको वन्यो, तब देस कृषि प्रधान वन्यो
उ वेला रूपियाँको चार मूठ्ठा साग थियो
किसानले कोदालो कम चलायो साग महँगो
अन्न उत्पादन एकासि घट्यो, आम्दानी कम भयो
अर्काको आसमा वसे अनि बजार भाउ बदायो
किसानले उत्पादन गरि धनी र गरिवलाई दिया
देस किसानमय भई पहाड पर्वत हराभरा भयो
किसानले मल बोक्यो खेतको बालीमा छ(र्याे
अहिले र उहिले स्वच्छ तरकारी उत्पादन भयो
खर्पन र डोको मै राखी वेच्न बजार डुल्यो
उहिले सानातिना रोग अर्गानिकको करामत
खोज्छन् सवैले त्यही खर्पन र डोकोको तरकारी
युवा पुस्ता लाग्यो पूर्खाको पेसामा कृषि आहा!
उपत्यकामा अरू जातीको वसाई वढ्यो
आदीवासीले जर्गेना गरेको पूर्खाको नासो ?
वसाई सरेकालाई के थाहा सस्कृतिको महत्व
आँट छ थाहा लेऊ अनि तेरो मुटुमा घोच्नेछन्
सम्पदा र सस्कृतिले नै विस्वमा पहिचाहान ग(यो
खेतीगर्ने किसानले नै संसारमा कृषि देस चिनायो
किसानले पर्दैनथ्यो केही किन नून र तेल बाहेक
आधुनिक जमानामा क देखि ज्ञ सम्म किन प(र्याे
पूर्खाको खेत रोपाई गर्ने ,अन्न उत्पादन गर्ने लुट्ने
जताततै अतिक्रमण गरे कानै चिरेकाले
सडक र जग्गा दलालले नै किसानलाई उठायो
खवरदार जताततै फास्टत्रायक र जग्गा दलालि
कोदालो उपयोग गर्ने ठाँउको जर्गेना गरौं
कोदालो बोक्ने नभए देस मरूभूमि वन्ने र हुने
चट्टानको र मानवको कङ्कालको वस्ती हुनेछ
खेतवारी खलाहरू घर आवासले ढाक्नेछ
नर्गनु यस्तो जघन्य अपराध र कमजोरी मानवले
खाने के, पिउने के किसानले जिवनमा
कोदालो बोक्ने किसान वर्ग एक होऔ ।
कोदालो र कुतोको महत्व युवा युवतीले वुझौं
अबको कालमा कोदालो र कुतोको महत्व लिऊ
त्यही वेला हाम्रा पूर्खाको महत्व रहन्छ र हुनेछ
हामी किसानको पहिचाहान नै कोदालो र कुतो
त्यो कोदालो र कुतो हाम्रो सस्कृतिको अङ्ग
डोको र खर्पन हामी किसानको मूख्य ज्यावल
यो देस नेपाली सवै जातजातीको मातृभूमी
नेपाल देस रहे नेपाली दाजू भाइ रहन्छ ।