काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित एक समारोहमा हालै निर्वाचित भक्तपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना प्रदान गरियो ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपालउद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सम्पूर्ण कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । उहाँले उद्योग व्यवसायको लागि वर्तमान समय एकदम चुनौति पूर्ण रहेको भन्दै हामी सबै एकजूत भएर यसको सामना गर्नु पर्ने कुरा औंल्याउनु भयो ।

भक्तपुर जिल्ला ऐतिहासिक र सांस्कृतिक रुपमा समृद्ध भएको हुनाले पर्यटन उद्योगको यथेष्ट सम्भावना रहेको स्थान भएता पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी र यसले पर्यटन उद्योगमा पारेको प्रभावबाट अछुतो नरहेको र यस समस्याको हल खोज्न सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । साथसाथै यसले साना तथा मझौला उद्योग व्यवसायहरुलाई समेत सा¥है कठिनाईको सामना गर्नु परेको छ भन्नु भयो । बैंकिङ्ग क्षेत्रमा देखा परिरहने तरलताको अभावले पनिउ द्योग व्यवसायमा कठिनाई भएको हुनाले के कारणले गर्दा यो समस्याबारम्बार दोहोरिएको हो त्यसको जड् पत्ता लगाउनु पर्ने नभए यसले निजी क्षेत्र जोखिममा पार्ने कुरा औंल्याउनुभयो ।

महासंघका उपाध्यक्ष (एसोसियट्सतर्फ¬) श्री रामचन्द्र संघाईले कोभिडका कारण धरासायी बनेको पर्यटन उद्योगलाई पुनरोत्थान गर्न आवश्यक कदम चाल्नु जरुरी रहेको भन्दै हाल नेपालमा कूल जनसंख्याको ४६ प्रतिशतले मात्र कोभिड बिरुद्धको खोप पाएकोमा यो सक्दो चाँडो बहुसंख्यक जनतामा पु¥याउनु पर्नेमाजोड दिनु भयो ।

त्यस्तै महासंघका अर्का उपाध्यक्ष (जिल्लानगर उद्योग वाणिज्य संघतर्फ) श्री दिनेश श्रेष्ठले महासंघले ५५ वर्षको इतिहासमा सरकारको अवैतनिक आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । निजी क्षेत्रको हकहितका लागि आवश्यक जुन सुकै काममा पनि जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसादमानन्धरले उद्योग वाणिज्य क्षेत्रको विकास तथाउत्थानमा अघि बढ्नको लागि महासंघ संग निरन्तर छलफल गर्दै  सहकार्य हुने विश्वास व्यक्तगर्नु भयो । कोभिडको महामारीको चपेटामा परेको उद्योग धन्दालाई बैंकहरुको व्याजआतङ्कले थप आक्रान्त बनाएको औंल्याउनु भयो । निजी क्षेत्रलाई बिभाजित गरी कमजोर पार्ने कोशिस भई रहेको तिर ध्यानाकार्षण गर्दै उद्योग वाणिज्य क्षेत्रको समस्या समाधानमा एकताबद्ध भई लाग्न् पर्नेमाजोड दिनु भयो । त्यस्तै उहाँले विभिन्न नगरपालिकाहरुको आ–आफ्नै कर निर्धारणको व्यवस्था भएबाट एउटै जिल्लाका व्यवसायीहरुलाई पनि भिन्नाभिन्नै करको मार खेप्नु परेकोले यसको निराकरणका लागितथा करको दरमा एकरुपताका लागि महासंघले पहल गर्नु पर्ने औंल्याउनु भयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारी लगायत कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments