भक्तपुर । भक्तपुरकै पुरानो भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा ११ ए साइड खुला भक्तपुर कप फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी माघ १४ गतेदेखि २२ गतेसम्म हुनेछ । प्रतियोगिता जिल्लामा महेश्वरी खेल मैदानमा हुनेछ ।

प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा टिमका अध्यक्ष केशव त्वानाबासुले पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको जानकारी गराए । पहिलो हुने टिमलाई नगद रु एक लाख १५ हजार र दोश्रो हुने टिमलाई नगद रु ५५ हजार पुरस्कारको व्यवस्था रहेको जानकारी उनले गराए ।

टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि वेष्ट अवार्ड दिने योजना रहेको जनाए । प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराउने अन्तिम मिति माघ ७ गते रहेको जानकारी उनले गराए ।

टिमका सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का अध्यक्ष उकेश कवांले भक्तपुरको एउटै मात्रै फुटवल खेलकुद मैदानको रुपमा रहेको महेश्वरी खेल मैदानलाई राष्टिय तथा अन्तराष्टिय खेल मैदानको रुपमा विकास गर्ने योजना अनुसार काम अगाडि वढाइएको बताए ।

टिमका अर्का सल्लाहकार एवं पूर्व वडाअध्यक्ष श्रीकृष्ण किसीले भक्तपुरकै पुरानो भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीमा स्थापित युवा टिमको स्थापनाको इतिहासबारे चर्चा गरे । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले आफू पनि उतिबेला भक्तपुरको जगातीदेखि काठमाडौंको दशरथ रंगशालासम्म पुगेर खेल खेल्न जाने स्मरण गर्दै स्वास्थ्यको लागि खेलकुद अनिवार्य भएको बताए ।

भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष एवं फुटबलको राष्टिय खेलाडी सुनिल प्रजापतिले फुटबलको महत्वबारे चर्चा गर्दै यस्तो खेलमा पनि अकेन चालबाजी हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले अहिले पनि एन्फामा पैसाको चलखेल सुरु भएको भन्दै त्यस्तो प्रबृतिको अन्त्य आवश्यक भएको बताए ।

प्रतियोगिताका संयोजक सञ्जीव कवाले प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट पनि प्रतिनिधित्व हुने निश्चित भएको बताए । उनका अनुसार प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक गरी कुल १६ वटा टिमहरुले सहभागिता देखाउने बताए । सम्मेलनमा टिमका सचिव रामेश्वर मचामसीले उदघोषण गरेका थिए ।
मित्रता अनुशाशन र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको थियो । भक्तपुर नगरपालिका वडा नं ७ मा स्थापित यो टिमले विभिन्न राष्टिय एवं अन्तर्राष्टिय खेलाडीहरु उत्पादन गर्न सफल भएको छ । यस टिमले यसअघि पनि विभिन्न प्रतियोगिताहरु सफलतापूर्वक गर्न सफल भएको थियो । भकम्पपछि सुस्त भएको यो टिम अहिले फेरि जुर्मुराउन थालेको हो ।...

All Comments.......


Please Login/Register To Comments