भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने
पुष १५, २०७८, बिहीबार | विहान ०६:३९ बजे | 5
भक्तपुर। भक्तपुरमा तीन दिने राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ । विहीबार मध्यपुरथिमि आयोजित पत्रकार सम्मेलनमा यहि पुस महिनाको २७, २८ र २९ गते २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने जानकारी दिएको हो । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस० का अनुसार युथ, जुनियर र सिनियर गरी पुरै विधामा ६ वटा इमेन्टसको एकैचोटी प्रतियोगिता आयोजना हुनेछ ।
प्रतियोगिता मध्यपुर थिमिस्थित थिमी बैन्क्वेटको हलमा मिति २०७८ साल पुस २७ गते देखि २९ गते सञ्चालन हुनेछ । जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी वजन समूह सामेल हुनेछन् ।
त्यसैगरि जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी वजन समुह सामेल हुने अध्यक्ष श्रेष्ठले बताए । सहभागी टिमहरूमा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा,चितवन,कास्की,सुर्खेत, बाँके, बर्दिया, कैलाली,कन्चनपुर,भक्तपुर,ललितपुर, काठमाडौं जिल्लाका हुनेछन् ।
नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेना गरेर २३ समूह यो प्रतियोगितामा सहभागी हुनेछ । स्वर्ण ३०, रजत ३०, काश्य ३० थान जम्मा ९० थान प्रदान गरिने छ । प्रतियोगितालाई सञ्चालन गर्न अनुमानित एकाउन्न लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।