भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १४ गतेदेखि २२ गतेसम्म हुने जनाइएको छ ।
अनुशाशन, मित्रता र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ स्थापित भक्तपुर युवा टिम भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित टिम हो । टिम २०४८ सालमा स्थापना भएको हो । टिमको संस्थापक अध्यक्षमा युवा व्यवसायी विश्वराम कवां हुनुहुन्थ्यो । २०७२ सालको महाभूकम्पपछि सुस्ताएको टिम अहिले पनि क्रियासिल हुन थालेको हो ।  

...

All Comments.......


Please Login/Register To Comments